ताजा खबर

अफ्रिका विश्व विकासको हब बनोस् : ओबामा

नैरोबी, २०७२ श्रावन १०,

अमेरिकाका राष्ट्रपति बाराक ओबामाले केन्यामा अफ्रिका विश्व विकासको हब बनोस् भन्ने आफ्नो इच्छा रहेको बताएका छन् । अमेरिकी राष्ट्रपतिको पद सम्हालेपछि पहिलोपटक केन्या पुगेका ओबामाले केन्यासँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताएका छन् । केन्याको राजधानी नैरोबीमा एक व्यापारिक सम्मेलनको उद्घाटन गर्दै ओबामाले भने, ‘अफ्रिका बदलिइरहेको छ । यहाँबाट गरिबी हट्दै छ । अफ्रिकी जनताको आय बढिरहेको छ । बिस्तारै देशमा मध्यम वर्ग अगाडि बढ्दै छन् । अब अफ्रिकाले काँचुली फेर्नेछ । यहाँ विकास हुनेछ ।’ दुईदिने भ्रमणमा केन्या पुगेका ओबामाले केन्याली राष्ट्रपति उहरू केन्याटासँग पनि भेटघाट गरेका छन् । भेटमा क्षेत्रीय सुरक्षा तथा सोमाली चरमपन्थीको गुट अल सबाबका कारण उत्पन्न भएको खतरामाथि वार्ता हुनेछ ।

केन्याका मिडियाले ओबामाको यो भ्रमणलाई ‘घर फर्काइ’को संज्ञा दिएका छन् । ओबामाका बाबुको जन्म केन्यामा भएको थियो । व्यापारिक सम्मेलनको उद्घाटन गर्दै ओबामाले भने, ‘अफ्रिका भविष्यमा विश्व विकासको हब बन्न जरुरी छ । यहाँको सरकारले भ्रष्टाचारमा नियन्त्रण गर्न सके त्यो सम्भव पनि छ ।’

स्रोत : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *