ताजा खबर

आईपीएल स्पट फिक्सिङमा श्रीसन्थलार्इ सफाइ

एजेन्सी , २०७२ श्रावन ९,

इन्डियन प्रिमियर लिग (आईपीएल) स्पट फिक्सिङमा भारतको दिल्लीस्थित एक अदालतले महत्वपूर्ण फैसला सुनाएको छ ।

दिल्लीस्थित पटियाला हाउस कोर्टले सबूतको अभाव भएको जनाउँदै चर्चित क्रिकेटर श्रीसन्थ, अंकित चव्हाण र अजीत चन्डिलालार्इ आरोपबाट मुक्त गरेको छ ।

फैसलापछि अदालत बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै क्रिकेटर अजीत चन्डिलाले भने, ‘मलार्इ न्यायालयप्रति पूरा विश्वास थियो । यो एक नराम्रो सपनासरह थियो ।’

अदालतले सबूतको अभाव भएको जनाउँदै सबै खेलाडीलार्इ आर्इपीएलको स्पट फिक्सिङ मामिलाबाट आरोप मुक्त गरेको हो ।

अदालतले फैसला सुनाएपछि भारतीय टिमबाट समेत खेलिसकेका क्रिकेटर  श्रीसन्थ अदालतमै रोएका थिए । अदालतबाट निस्केपछि उनले आफूले केही नगरेको अपराधमा दोषी बनाएर आफ्नो भविष्य बर्बाद बनाइएको बताए ।

‘मैले केही गर्दै नगरेको केशमा मुछेकाले मैले सफाइ पाउने पक्का थियो’, उनले भने, ‘अब म आफ्नो साधरण जीवन शुरु गर्न सक्नेछु ।’

अदालतबाहिर उनले अब पुन: क्रिकेट तालिम शुरु गर्ने बताए । ‘म भगवानप्रति आभारी छु । म फेरि तालिम शुरु गर्न चाहन्छु’, उनले भने, ‘मलार्इ विश्वास छ, बीसीसीआईले तालिमको अनुमति दिनेछ ।’

सन् २०१३ को आईपीएलमा स्पट फिक्सिङको घटना बाहिर आएको थियो । जसमा क्रिकेटर श्रीसन्थ, अजीत चन्डिला अंकित चौहानका साथै अन्डर वर्ल्ड डन दाउद इब्राहिम र छोटा शकिललार्इ पनि दोषी बनाइएको थियो ।

यस मामिलाको सुनुवाइ २३ मे मा पुरा भएको थियो । दिल्ली पुलिसको अभियोग अनुसार स्पट फिक्सिङको मामिलामा जम्मा ४२ जनालार्इ आरोपी बनाइएको थियो । जसमा ६ जना फरार थिए ।

स्रोत : अन्नपुर्ण पोस्ट

Related posts