दिननाथ बराल
पोखरा ९, साउन
पोखराको नदिपुरमा रहेको बुद्ध हस्पिटल एण्ड रिर्सच सेन्टर पोखराको न्युरोडमा रहेको पद्म नर्सिङ्ग होम प्रालिसंग गाभिएको छ । नेपाल सरकारले स्वास्थ्य निर्देशीका २०७० ल्याए पछि ७ बर्ष भित्रमा हस्पिटलहरुले सेवा सुविधामा विस्तार गरी आफ्नै भवनमा सेवा गर्नुपर्ने प्रावधान ल्याएपछि पोखराका दुई हस्पिटल मर्जर भएका हुन ।
काठमाडांै बाहिरको पहिलो निजी नर्सिङ्ग होम प्रालिले हाल संचालन नरहेको बुद्ध हस्पिटलसगँ मर्ज गरि पद्म नर्सिङ्ग होम प्रालिकै नाममा हस्पिटल संचालन हुने भएको हस्पिटलका प्रबन्ध निर्देशक डाक्टर कालु शर्मा सुवेदीले बताए । उनले भने “न्यरोडमा हाम्रो आफ्नो भवन नभएको अबस्थामा सरकारले ल्याएको स्वास्थ्य नितिले पनि हामीले आफ्नै भवन बनाउनु थियो, त्यसै क्रममा बुद्ध हस्पिटलसंग कुरा गर्दा गाभिने सहज वातावरण भएर हामी एक भयौं ।” सम्भवत हस्पिटल मर्जर भएको नेपालमा यो नै पहिलो अभ्यास भएको उनले दाबी गरे ।
धर्म श्रेष्ठको नाममा रहेको बुद्ध हस्पिटलको स्वामित्व पछिल्लो क्रममा नरेन्द्र बास्तोलाको नाममा रहेको थियो । श्रेष्ठसंग बाँस्तोलाले उक्त हस्पिटल किनेका हुन भने उनले किनेसंगै हस्पिटल मर्जर गरी आफ्नै भवनमा पद्म नर्सिङ होम सेवा संचालन गर्ने दृर्घकालीन सोचका आधारमा दुबै हस्पिटल मर्जर भएको बास्तोलाले बताए । उनले भने “हाम्रो हस्पिटलको पुजी ३ करोडबाट बृद्धि भई हाल ९ करोडमा पुगेको छ । ” आगामी करीब ५ महिना भित्र पोखराको नदीपुरमा रहेको बुद्ध हस्पिटलको स्थानबाट पद्म नर्सिङको सम्पुर्ण सेवा संचालन गर्ने गरी तयारी सुरु भएको प्रन्बन्ध निर्देशक डा. सुवेदीले बताए । उनका अनुसार हस्पिटलको मर्मत सम्हार तथा रंगरोगन तथा अत्याधुनिक थप केहि मेसिनका सामानहरु राख्नको लागि प्रारम्भीक चरणमा ४ करोड थप गरीने भएको छ । न्युरोडमा सानो ठाउँ हुदा विरामीलाई सेवा दिन कठिनाइ हुने गरेको बताउदै सुवेदीले नदिपुरबाट भने धेरै सुविधा दिन सकिने दाबी गरे ।
नेपाल सरकारबाट पद्म नर्सिङ्ग होमले ५० बेड र बुद्ध अस्पताल ५४ बेडको स्वकृती पाएका छन् । पद्म नर्सिङ्ग होमले अहिले रहेको न्युरोडमा केहि वर्ष बहिरंग सेवा दिने छ भने अन्य सेवा नदिपुरमा रहेको अस्पतालबाट दिने पद्म नर्सिङ्ग होमका व्यवस्थापक समेत रहेका नरेन्द्र बास्तोलाले जानकारी दिए । बालबालीकाको उपचारका लागी विषेश कक्ष तयार गर्ने बास्तोलाले दाबी गरे । उनले भने “नेपालमा काठमाडौमा कान्तिबाल अस्पताल छ त्यस बाहेक अन्य क्षेत्रमा बालबालिकाको उपचारका लागी नै भनेर खोलीएका अस्पताल नभएकोले त्यसको विकल्पमा हामीले सेवा दिने लक्ष्य राखेका छौं ।” बालबालीका बाहेक बुद्ध अस्पताल मुटु रोगीका लागी खोलीएको बताउदै त्यसका लागी पनि आफुहरुले मुटुरोग सम्बन्धी उपचारका लागी विषेश ग्राहेता दिने बताए । हस्पिटलबाट आइसियु, एनआइसियु, पिआइसियु, अप्रेसन कक्ष, सिटिस्क्यान, एमआरआइ, लगाएतका सेवा क्रमशः सन्चालन गर्दै जाने उनले बताए ।
पोखराका मुटु सम्बन्धी उपचार सेवा दिने उद्देश्यले दर्ता भएको बुद्ध अस्पताल विभिन्न कारणले सन्चालन हुन सकेको थिएन । अदालले बुद्ध अस्पालका उपकरण र नगद ६० लाख रुपैया तिर्न आदेश दिएको थियो । त्यही आदेश अनुसार करिब एक वर्ष पहिले अस्पतालका उपकारण नगद ६० लाख पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पताललाई सहयोग पदान गरेको थियो । बुद्ध हस्पिटलमा हाल भवल सहितको दुई दिएको थियो । अदालतको आदेशको पालना पछि अस्पतालको सन्चालनको बाटो करीब २ रोपनी जमिन सामान्य वेडहरु मात्र रहेका छन् । पद्म नर्सिङ होम २०५० सालबाट सन्चालनमा आएको हस्पिटलमा हाल २१ जना बिषेशज्ञ चिकित्सक सहित करिब १ सय जना कर्मचारीहरु कार्यरत छन् ।