
चटगाउँ, २०७२ श्रावण ९,
लगातारको वर्षाले गर्दा बंगलादेश र दक्षिण अफ्रिकाबीचको पहिलो टेस्टको चौथो दिन शुक्रबार खेल सम्भव भएन । वर्षा र खराब प्रकाशका कारण पूरा दिनको खेल हुन नसकेको हो । यसअघि वर्षाकै कारण दोस्रो र तेस्रो दिनको खेलमा पनि बाधा पुगेको थियो । अब एक दिनको खेल मात्र बाँकी रहेको स्थितिमा टेस्टको स्पष्ट नतिजा असम्भव भएको छ ।
बंगलादेशले सुरुआती दुई इनिङ्समा अग्रता लिएपछि दक्षिण अफ्रिकाले आफ्नो दोस्रो इनिङ्स सुरु गरेर ७८ रनले पछाडि रहेको छ । उसका लागि प्रारम्भिक ब्याट्सम्यानद्वय स्टिन भान जेल ३३ र डिन एल्गर २८ रनमा नटआउट छन् ।
दक्षिण अफ्रिकाले बिनाविकेट क्षति ६१ रन बनएको छ । अर्को बिहीबारदेखि मिरपुरमा दोस्रो टेस्ट सुरु हुनेछ ।
स्रोत : कान्तिपुर