ताजा खबर

म्यान सिटीमाथि रियल हावी

मेलबर्न, २०७२ श्रावन ९, 
प्री सिजन टुरमा स्पेनिस क्लब रियल म्याड्रिडले शुक्रबार शानदार जित हात पारेको छ। इन्टरनसनल च्याम्पियन्स कपमा रियलले बलियो इङ्लिस क्लब म्यानचेस्टर सिटीलाई ४-१ गोलले हरायो।
रियलको जितमा करिम बेन्जेमा, क्रिस्टियानो रोनाल्डो, पेपे र डेनिस चरिसेभले एकएक गोल गरे। म्यान सिटीका तर्फबाट एकमात्र गोल याया टुरेले गरे। पहिलो हाफमै ३-१ गोलको अग्रता लिएर रियलले बलियो प्रभाव प्रदर्शन गरेको थियो।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *