
प्र.म हरेक साउन महिनाको सोमबार व्रत बस्छु । व्रत बसेका बेला महिनावारी भए के गर्ने ?
उत्तर:
तपाईंको महिनावारी कुन–कुन समयमा हुन्छ, प्रश्नमा खुलेको छैन । महिनावारी ठीक–ठीक समयमा हुन्छ भने तपाईंलाई व्रत बस्नुभन्दा अगाडि नै थाहा हुन्छ । यस्तो स्थितिमा व्रत नबसेकै राम्रो । अकस्मात् व्रत लिएको दिन महिनावारी सुरु भए आराम गर्ने तथा प्रशस्त मात्रामा झोल कुरा सेवन गर्ने । महिनावारीमा अत्यधिक पीडा भयो भने पीडा कम गर्ने औषधी खान सकिन्छ । यस्ता औषधी खाली पेटमा खानु हुँदैन र चिकित्सकको सल्लाह पनि लिनुपर्छ ।
स्रोत : साप्ताहिक