ताजा खबर

कैटरिनाको जादु

२०७२ श्रावन ८,

कैटरिनाको जादु

कैटरिना कैफ सफलताको शिखर चुम्ने नायिका हुन् । बलिउडमा उनका करोडौं प्रशंसक त छँदैछन्, त्योभन्दा मुख्य कुरा उनीद्वारा अभिनित अक्सर सबै चलचित्रले बक्स अफिसमा सफलता हासिल गरे । बार्बी गर्लका रूपमा परिचित कैटरिनाले गत साता साथीभाइमाझ आफ्नो ३१ औं जन्मोत्सव मनाइन् । सन् १९८४ मा हङकङमा जन्मिएकी कैटरिनाले १४ वर्षको उमेरदेखि मोडलिङ करिअर प्रारम्भ गरेकी थिइन् । शाहरूख, सलमान, आमिर खान, अक्षय कुमार तथा ऋतिक रोशन जस्ता ठूला कलाकारहरूसँग काम गरिसकेकी कैटरिनाले नयाँ पुस्ताका लोकप्रिय रणवीर कपुर तथा इमरान खानसँग काम गरिन् । सन् २००३ मा प्रदर्शित आपराधिक पृष्ठभूमिको चलचित्र बुमबाट डेब्यु गरेकी कैटरिनाको उक्त चलचित्र बक्स अफिसमा सुपरफ्लप भयो । सन् २००५ मा कैटरिनाले पुन: अमिताभ बच्चनसँग काम गर्ने मौका पाइन्, चलचित्र सफल भए पनि उनलाई खासै फाइदा भएन् । उनको सफलताको यात्रा भने अक्षयकुमारसँग काम गर्न थालेपछि सुरु भयो । बलिउड बक्स अफिसमा करिब २ दर्जन हिट चलचित्र दिएकी कैटरिना हाल रणवीर कपुरसँग लिभ इन टुगेदरमा छिन् ।

पुनम पाण्डे डेटमा

पुनम पाण्डे चर्चाकी महारानी नै मानिन्छिन् । उनले केही गरिन र त्यसको चर्चा भएन भने चाहिँ अचम्म हुन्छ । हाल पुनमको प्रेमसम्बन्धले बलिउड तताएको छ । सूत्रका अनुसार बलिउड अभिनेता विनोद खन्नाका छोरा साक्षी खन्ना पूनमसँग डेटमा रमाइरहेका छन् । धेरैलाई थाहा नभएको कुरा केही समयअघि देखि नै यो प्रेम सम्बन्ध चलिरहेको छ । डेटका अतिरिक्त यी दुईलाई कतिपय इभेन्टमा साथै पनि देखिन्छ । यो सम्बन्ध सामान्य मित्रभन्दा धेरै अगाडि पुगिसकेको बताइन्छ । एकअर्काको हातसमाएर घन्टौं समय बिताउने यो जोडी नाइट पार्टीमा पनि उत्तिकै रमाउँछ । साक्षी अहिले वाजिराव मस्तानीमा सञ्जयलिला भन्सालीका सहायकका रुपमा कार्यरत छन् । भन्सालीले आफ्नो चलचित्रबाटै साक्षीलाई डेब्यु गराउने बचन पनि दिएका छन् ।

हाउसफुल–३ मा लिजा

हाउसफुल सिरिजको तेस्रो सिक्वेलका निम्ति ज्याकलिन फर्नान्डिज र नरगिस फाखरी पश्चात लिजा हेडनलाई अनुबन्ध गरिएको छ । प्राप्त जानकारी अनुसार लिजालाई तेस्रो फिमेल लिड एक्ट्रेसका रूपमा लिइएको हो । सन् २०१० मा प्रदर्शित हाउसफुलको थर्ड सिक्वेलमा रितेश देशमुखको को–स्टारका रूपमा लिजालाई लिइएको हो । यद्यपि लिजालाई लिइने घोषणा औपचारिक रूपमा भैसकेको छैन् । हाउसफुलका अघिल्ला २ संस्करणको निर्देशन साजिद खानले गरेका थिए भने हाउसफुल–३ को निर्देशन साजिद–फरहादले गर्दैछन् । हाउसफुल फ्रेन्चाइजका लेखक खान र फरहाद नै हुन् । हाउसफुल–३ का बारेमा साजिदले भनेका छन्– ‘सबै कुरा फाइनल भएपछि मात्र बोल्नेछौं ।’

आइटम सोनाक्षी

सोनाक्षी सिन्हा मूलधारका सफल नायिकामध्येमा एक हुन् । विभिन्न चलचित्रमा लिड रोल गरेर चर्चा कमाएकी सोनाक्षी अब आइटम गर्लका रूपमा पनि आफूलाई सफल तुल्याउने कसरतमा छिन् । हालै सोनाक्षीको आइटम डान्स रहेको प्रदर्शाेन्मुख चलचित्र ‘अल इज वेल’ को गीत नाचन फर्राटेको भिज्युअल सार्वजनिक भएको छ, जसमा सोनाक्षीका साथमा नायक अभिषेक बच्चन छन् । सोनाक्षीले यो आइटम सङलाई आफ्नो ट्विटर एकाउन्टमा सेयर गरेकी छिन् । साथमा उनले लेखेकी छिन्– ‘मै नाचन मै नाचन फर्राटे मारके’ उमेश शुक्ला निर्देशित यो चलचित्रमा अभिषेक बच्चन, ऋषि कपुरका अतिरिक्त आसिन र सुप्रिया पाठकले अभिनय गरेका छन् । यो चलचित्र २१ अगस्टमा सार्वजनिक हुनेछ । सोनाक्षीले यसअघि पनि उमेश शुक्लाकै चलचित्र ओ माइ गडमा आइटम डान्स गरेकी थिइन् ।

स्रोत : साप्ताहिक

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *