ताजा खबर

म्याडोनाको एल्बम लिक गर्नेलाई..

२०७२ श्रावन ८,

म्याडोनाको एल्बम लिक गर्नेलाई..

चर्चित पपसिंगर म्याडोनाको एउटा गीतिसंग्रह ‘लिक’ गर्ने एक व्यक्ति गिरफ्तार भएका छन् । एडी ल्याडरम्यान नामका ती व्यक्ति अमेरिका आइडलको इजरायली संस्करणका प्रतिस्पर्धी हुन् । उनलाई म्याडोनाको गीतिसंग्रह ‘रिबल हार्ट’ लिक गरेको सजायस्वरूप १४ महिना जेलसजाय तोकिनुका साथै ४ हजार डलर जरिवाना पनि गरिएको छ । ल्याडरम्यानले प्राइभेसी र कपिराइट अधिकार उल्लंघन गरेको स्वीकार गरेका छन् । म्याडोनाले भनेकी छिन्– म इजरायली पुलिस र ती सबै अधिकारीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु, जसले ह्याकरलाई पक्रिन सहयोग गर्नुभयो । हरेकलाई आफ्नो निजी सामग्री आफूमै सीमित राख्न पाउने अधिकार हुन्छ ।’ यद्यपि म्याडोनाको यो एल्बम २०१५ को मार्च मै सार्वजनिक भएको थियो ।

मारियाले विवाह गर्ने

पछिल्लो समय विश्व भ्रमणमा रहेका मारिया क्यारे र जेम्स प्याकर चाँडै नै विवाह बन्धनमा बाँधिने भएका छन् । प्याकरले मारियासँग विवाहको प्रस्ताव राख्दै एउटा बचन पनि दिएका छन् । यदि मारियाले उनीसँग विवाह गर्ने भए उनका निम्ति इटलीस्थित क्यापरी आइल्यान्डको ठूलो एवं भव्य महल खरिद हुनेछ । त्यसपश्चात् औपचारिक रूपमा विवाहको प्रक्रिया पूरा गर्दै रिसेप्सन पार्टी आयोजित गर्नेछन् । यो जोडीले आफ्नो विवाहलाई भव्यता प्रदान गर्न चाहिरहेको छ । हालैमात्र इटली, स्पेन र अमेरिकाको यात्रा तय गरेका उनीहरू इजरायल पुगेपछि धार्मिक प्रार्थनाका निम्ति चर्च गएका थिए, जहाँ प्याकरले धर्मगुरुसँग विवाहको कुरा गरेका थिए । फोब्र्स म्यागजिनका अनुसार जेम्स साढे ४ अर्ब डलर सम्पत्तिका मालिक हुन् । वीआर डब्लू म्यागजिनका अनुसार उनी अस्ट्ेरलियाका सातौं धनी हुन् भने फोब्र्सका मुताविक उनी चौथो धनी अस्ट्रेलियन हुन् । प्याकर मिडिया, क्यासिनो र गेम्स बिजनेससँग आबद्ध छन् ।

स्रोत : साप्ताहिक

Related posts