यो ग्रह सोलर सिस्टम भित्रै रहेको छ । नासाको अनुसन्धान अनुसार ‘क्याप्लर ४५२बी’ पृथ्वी जस्तै चट्टानले बनेको छ। आफ्नो ताराबाट यो ग्रह त्यति नै टाढा छ, जति सूर्यबाट पृथ्वी । यो ग्रह न त बढी तातो छ न त बढी नै चिसो ।
यसैले गर्दा यो ग्रहमा पानी र जीवन रहेको हुनसक्ने वैज्ञानिकहरुले अनुमान गरेका छन् । पृथ्वी जस्तै यो ग्रहमा पनि जीवन हुन सक्ने अनुमानका आधारमा यो ग्रहको अर्को नाम पृथ्वी-२ राखिएको छ ।
पृथ्वी भन्दा बाहिर जीवनको खोजी गर्ने काममा लागिरहेको नासाको यो कदमलार्इ वैज्ञानिकहरुले ठूलो उपलब्धीकारुपमा लिएका छन् ।
नासाको स्पेस टेलीस्कोप क्याप्लरले यो ग्रहलार्इ पत्ता लगाएको हो । यो टेलिस्कोपलार्इ सन् २००९ मा प्रक्षेपण गरिएको थियो ।
यो ग्रहले पनि पृथ्वी जस्तै आफ्नो ग्रहको चक्कर लगाउँछ । यो ग्रहले परिक्रमा गर्न ३८५ दिन लिने गरेको वैज्ञानिकहरुले जनाएका छन् ।
यसको भूगोल पनि पृथ्वीको जस्तै चट्टानले बनेको छ । अर्थ-२ को तापक्रम पनि पृथ्वीको जस्तै समान रहेको छ। वैज्ञानिकहरुले गरेको अनुमान अनुसार यदि अहिले देखिएजस्तै धराल पाइएमा यहाँ जीवन सम्भव छ ।
क्याप्लर ४५२ बी को पिता ग्रह स्टार क्याप्लर ४५२ छ करोड वर्ष पुरानो रहेको छ । यो ग्रह सूर्य भन्दा डेढ करोड वर्ष ठूलो र २० प्रतिशत बढी चम्किलो रहेको छ । यो ग्रहमा धेरैमात्रामा बादल र सक्रिय ज्वालामुखी हुने पनि अनुमान गरिएको छ ।
स्रोत : अन्नपुर्ण पोस्ट