ताजा खबर

पोखरामा हुण्डाईको नयाँ मोडलका कार सार्बजनिक

दिननाथ बराल,

पोखरा , २०७२  साउन ७,

लक्ष्मी हुण्डाईको दुई वटा नयाँ मोडलका कार विहिबार पोखरामा सार्वजनिक गरीएको छ । लक्ष्मी हुण्डाईको गण्डकी तथा धौलागिरीको आधिकारिक बिक्रकेता एलआई मोटर्स प्रालिले इलाईट आई २० र क्रसओभर आई २० एक्टिभ विहिबार एक समारोहका बिच सार्वजनिक गरेको हो ।

जर्मनीको रुसलसेमस्थित हुण्डाइ मोटर्स डिजाइन सेन्टमा डिजाईन गरिएको उक्त गाडिका बिभिन्न बिशेषताहरुले ग्राहकको मन जित्ने भएको लक्ष्मी हुण्डाइका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले बताए । उनले भने “ अन्य कार भन्दा यसको स्टाईल, इन्धन माइलेज, सुरक्षा र कार्य सम्पादनका आधारमा बढी भरपर्दा छ ।” आई २० एक्टिभ गाडिले सवारीका पारखीहरुलाई नौलो अनुभूति दिलाउने र उपभोक्तालाई ध्यानमा राखेर हुण्डाईले आई २० एक्टिभ बिकास गरेको उनले जनाए । कारका पारखी र स्टाइलमा विश्वास गर्नेहरुले उक्त कारको प्राबिधिक
उत्कृष्टताको बिशिष्ट अनुभव गर्ने कम्पनीको दाबी छ ।

आई २० एक्टिभ ३२ लाख ५६ हजार देखि ४३ लाख ५६ हजार रुपयाँसम्म बजारमा उपलब्ध छ । त्यसै गरी इलाइट आई २० कारको मुल्य भने २७ लाख ९६ हजार रुपयाँदेखि ३३ हजार ९६ रुपयाँसम्म बजारमा उपलब्ध भएको कम्पनीले जनाएको छ ।

Related posts