दिननाथ बराल
पोखरा २०७२ साउन ७,
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताबाट आएको राय सुझावहरु समेटेरै जनपक्षीय संविधान आउने बताएका छन । नेकपा एमाले जिल्ला प्रतिनिधि परिषदको प्रथम बैठक पोखरामा बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताको उचित राय सुझावहरु समेटेरै जनपक्षिय संविधान आउने दाबी गरेका हुन ।
जनताको आँखामा छारो हाल्न सुझाव संकलन भएको भन्ने आरोप आएको समयमा नेता ओलीले भने “जनताले दिएका उपयुक्त राय सुझावलाई संविधानमा समेटिनेछ, यसमा हाम्रो पार्टी कटिवद्ध छ, तपाईहरु ढुक्क हुनुहोस अब जनपक्षिय संविधान आउछ, कसैको तागतले संविधान निमार्ण कार्य अब रोकिदैन ।” उनले सिमांकनको कुरा अहिले टुंग्याङ्ग्दा संविधान नबन्ने संभावना रहेकोले पनि यसलाई पछि सारिएको बताए । उनले भने “पहिले पनि यही विषयमा संविधान निमार्ण कार्य अड्किएको थियो, तर त्यस बिषयलाई तत्काल टुंगाउन नसकिने भएकोले पछि सारिएको हो, अहिले नै यसबारेमा कुरा टुंग्याउँदा संविधान बन्ने सम्भावना क्षिण हुन्छ ।”
संविधान कुनै पार्टी विशेषलाइ भन्दा पनि देशलाई चाहिकोले जनताको मर्म र भावना अनुसार नै संविधान निर्माण गर्न नेकपा एमाले लागेको बताएका नेता ओलीले राष्ट्रिय एकतालाई अझ बलियो बनाउन गरी सम्र्पूण जनताले आत्मसाथ गर्ने संविधान निर्माण गर्न कुनै कसर बाँकी नराख्ने उनको भनाई छ । माओवादीका गलत विचार परास्त हुन पुगेको आरोप लगाउँदै उनले साम्प्रदायिक, जातीवादी क्षेत्रीयता जस्ता कुरामा जनता स्पष्ट भैसकेको उनले दाबी गरे । एमालेका अगाडि निर्दिष्ट लक्ष्य र उद्देश्य रहेको बताउदै उनले बामपन्थीहरु सच्चा लोकतन्त्रावादी भएको जिकिर गरे ।
मुलुकम विनासकारी भूकम्पको कारण भएको क्षतिमा एमाले कार्यकर्ताहरु स्वतःस्फुर्तरुपमा गाउँ गाउँमा उद्दारका लागि खटिएको बताउदै नेता ओलीले भूकम्पको बेलामा एमालेका २० हजार कार्यकर्ताहरु स्वःस्तफू रुपमा परिचालन भएको दाबी गरे । स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले कसैको बुई चढेर संविधान निर्माण गर्न नदिनेहरुले सलवलाई रहेको बताउँदै त्यसप्रति दलहरु सचेत हुनुपर्ने बताए । कार्यक्रममा नेकपा एमालेका निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासीले जनताले चाहेको संविधान निर्माणको लागि सबै पक्षलाई सहयोग गर्नुपर्ने बताए । नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा उद्घाटन सत्र कार्यक्रम भएको हो । कार्यक्रममा करिव ६ सय प्रतिनिधिको सहभागिता भएको बैठकमा सांगठनिक र आर्थिक प्रतिवेदन समेत
प्रस्तुत गरिएको छ ।