ताजा खबर

पोखरा भ्यु पोइन्टमा रहेको पोखरा दर्शनीय स्थल प्रा.वि. लाई बेलयातको सहयोग

दिननाथ बराल
पोखरा, ७ साउन
गत बैशाख १२ मा आएको विनाशकारी भूकम्पले क्षती पुर्याएको पोखरा २५ पोखरा भ्यु पोइन्टमा रहेको पोखरा दर्शनीय स्थल प्राविलाई बेलायती नागरिकले सहयोग गरेका छन् ।
बिद्यालयका ५ कोठा भत्के पछि रकम अभाव बिच पूर्न निमार्ण नभइरहेको अवस्थामा बेलायतका नागरिक माइकल बेल, रिचाड थोमसन, लिण्डा र हेलीले बिद्यालयलाई ३५ हजार रुपैयाँ बराबरको ५५ बोरा सिमेण्ट सहयोग गरेका हुन् । बेलायती नागरिकहरुले उपलब्ध गराएको सिमेण्ट र दशहजार रुपैयाँको स्टेस्नरी सामान उनीहरुका तर्फवाट पत्रकार कृष्णमणि बराल र कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी दामोरदर सुवेदीले बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्रीकान्त बास्तोलालाई  विहिबार बिद्यालयमै सहयोग हस्तान्तरण गरेका हुन ।

कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी दामोदर सुवेदीले बेलायती नागरिकवाट प्राप्त सहयोग प्रति धन्यवाद दिदै बिद्यालयको पूर्न निमार्णमा सबैको सहयोगको आवश्यकता रहेको बताए । कास्कीमा भूकम्पले एक सय ७० बिद्यालयमा क्षती पुगेको बताउदै उनले ती मध्ये ४५ वटा बिद्यालय तत्कालै मर्मत गर्नु पर्ने अवस्थामा रहेको जनाए । ४२ बिद्यालयमा पूर्न सवलीकरणको काम सुरुभएको बताउदै उनले यसका लागि ४० लाख रुपैयाँ तत्काल पूर्न निमार्णका लागि छुट्याएको बताए । १२ वटा बिद्यालय भने पूर्न निमार्ण गर्नु पर्ने अवस्थामा रहेको उनको भनाई थियो ।

पत्रकार बरालले १५ बर्ष अघि पर्यटकका रुपमा पोखरा घुम्न आएका बेलायती नागरिक माइकल र उनकासाथीले नेपालमा भूकम्प गएको थाहापाएपछि भूकम्पले क्षती पुगेको बिद्यालय पूर्न-निमार्णका लागि सहयोग पठाएको बताए । कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्रीकान्त बास्तोला र बिद्यालयका प्रधानध्यापक मात्रीका प्रसाद बरालले बिद्यालय पूर्न निमार्णमा सहयोगका लागि धन्यवाद दिदै पूर्न निमार्णका लागि थप रकम आवश्यक परेको बताए ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *