ताजा खबर

महासंघ र परिसंघले सहकार्य गर्ने

काठमाडौ,  २०७२ श्रावण ७,

उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघबीच सहकार्य गर्ने सहमति भएको छ । परिसंघले महासंघका नवनिर्वाचित अध्यक्ष पशुपति मुरारका र बरिष्ठ उपाध्यक्ष भवानी राणाको स्वागतमा आयोजना गरेको कार्यक्रममा दुवै संगठनले सहकार्यको निधो गरेका हुन् ।

परिसंघद्धारा जारी विज्ञप्तिअनुसार महासंघ अध्यक्ष मुरारकाले मुलुकको समुन्नत आर्थिक विकास र निजी क्षेत्रको बृहत् हितका लागि एक आपसमा मिलेर जानुपर्ने कुरामा जोड दिएका थिए । ‘महासंघ र परिसंघबीच कुनै प्रतिद्वन्द्विता छैन र विचारधारा पनि फरक छैन, यी दुवै संस्था बीचको सोचमा पनि फरक छैन । दुवै संस्थाको अर्थतन्त्रको बाटो र गन्तव्य एउटै भएकोले दुवै संस्थाबीच क्रमिक रूपमा सहकार्य गरी अघि बढ्नुपर्ने आवश्यकता छ,’ मुरारका भनाइ उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ ।

परिसंघका अध्यक्ष नरेन्द्र बस्न्यातले उनको संस्थाको उद्देश्य र गन्तव्य पनि देशको समुच्च आर्थिक विकासको साथै निजी क्षेत्रको विकासमा केन्द्रित भएकाले महासंघसँग निश्चित मोडालिटीका आधारमा सहकार्य गर्न परिसंघ तयार रहेको धारणा राखेको विज्ञप्तिमा उल्लेख छ । सो अवसरमा उनले दुवै संस्थाहरूबीच न्यूनतम सहमति कायम गरी साझा उद्देश्य हासिल गर्न दुवै संस्थाका तर्फबाट पहल गर्नुपर्ने कुरामा जोड दिएको जनाइएको छ ।

स्रोत : कान्तिपुर

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *