
२०७२ श्रावण ७,
अफगानिस्तानमा आत्मघाती आक्रमण, १५ को मृत्यु
अफगानिस्तान (एएफपी)– अफगानिस्तानमा आत्मघाती बम आक्रमणबाट १५ जना मारिएका छन्। केन्द्रीय गृह मन्त्रालयका प्रवक्ता सेदिक सिद्दिकीका अनुसार अन्य १५ जना घाइते छन्। घाइते अधिकांशको अवस्था गम्भीर रहेकाले मृतक संख्या बढ्न सक्ने उनले बताए।
स्रोत : कान्तिपुर