ताजा खबर

ईश्वरनिन्दा गर्ने महिलालाई मृत्युदण्ड नदिन आदेश

इस्लामावाद, २०७२ श्रावन ७,
ईश्वर निन्दाको आरोप लागेकी एकजना क्रिश्चियन धर्ममा आस्था राख्ने महिलालाई पाकिस्तानमा मृत्युदण्ड नदिन सर्वोच्च अदालतले आदेश दिएको छ ।
पाकिस्तानमा उनले इस्लाम धर्मका देवता मोहम्मदको निन्दा गरेको आरोपमा सन् २०१० देखि नै मुद्दा लगाइएको थियो । उनलाई मृत्युदण्ड दिइनुपर्ने भन्दै उनीबिरुद्ध अदालतमा मुद्दा परेको थियो । तर सो आरोप भने उनले अस्वीकार गर्दै आएकी थिइन् ।
पाकिस्तानको सर्वोच्च अदालतले बुधबार सो मुद्दामा प्रारम्भिक आदेश दिँदै उनलाई तत्कालै मृत्युदण्ड नदिन आदेश दिएको राजधानी इस्लामाबादबाट प्राप्त समाचारमा बताइएको छ । आसिया बिबी नाम गरेकी ५० वर्षीया महिलालाई सन् २००९ मा नै पाकिस्तानको पञ्जाव प्रान्तबाट सोही आरोपमा पक्राउ गरिएको थियो ।
पञ्जाव प्रान्तको नान्काना जिल्लाबाट पक्राउ परेकी उनले प्रोफेट मोहम्मदको निन्दा गरेको आरोप लगाइएको थियो । तर उनले आफुले त्यस्तो कहिल्यै नगरेको र आफूलाई छरछिमेकीहरुले यस विषयमा फसाएको दाबी गर्दै आएकि छिन् ।
नान्काना जिल्लाको जिल्ला अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो । त्यसपछिको अपिल अदालत अर्थात पाकिस्तानको उच्च अदालतले पनि सोही फैसलालाई सदर गरेको थियो ।
त्यसका विरुद्ध उनी पाकिस्तानको सर्वोच्च अदालत पुगेकी थिइन् । सोही मुद्दामा बुधबार गरेको फैसलामा पाकिस्तानको सार्वोच्च अदालतले भने यसअघि दुवै अदालतको मुद्दालाई अध्ययन गर्ने भन्दै मृत्युदण्डको सजाय स्थगित गरिदिएको हो ।
पाँच सन्तानकी आमा आसिया सर्वोच्च अदालत पुगेकी थिइन् । उक्त अदालतको तीन सदस्यीय इजलासले सो सजाय अहिले नै दिन नमिल्ने भन्दै राकिदिएको हो ।
उनी पाकिस्तानको इतिहासमा नै ईश्वर निन्दामा मृत्युदण्डको माग गरिएकी पहिलो विदेशी महिला हुन् । अदालतले मुद्दाका सबै प्रमाणहरु झिकाएर अध्ययन गर्ने भन्दै त्यतिञ्जेलका लागि सो कारबाही स्थगित गर्नु भन्ने आदेश दिएको उनका अधिवक्ताले जनाएका छन् ।

स्रोत : अन्नपुर्ण पोस्ट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *