ताजा खबर

दाङ-काठमाडौं हवाई भाडा एक हजार सस्तो

दाङ, २०७२ श्रावन ६,
दाङ–काठमाडौंको हवाई भाडादर बुधवारदेखि केही सस्तो भएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको पहलमा झण्डै १ हजार भाडादर सस्तो भएको छ । यसअघि गोमा एयरले दाङ–काठमाडौं उडान भरिरहेको र त्यसको भाडादर ८ हजार थियो ।
करीव २ महिना लगातार सातामा दुई दिन उडान भरेपछि गोमा एयरले भाडादर हेरफेर गरेर अग्रिम बुकिङ गर्ने यात्रुहरुलाई ७ हजार भाडादर कायम गरेको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले जानकारी दिए ।
रिजालका अनुसार अग्रिम बुकिङ नगर्ने अन्य यात्रुले भने ७ हजार ४ सय भाडा तिनुपर्नेछ । दाङमा गोमा एयरले सातामा दुई दिन नियमित उडान थालेपछि यस क्षेत्रका सर्वसाधारणहरुले सुविधा प्रयोग गर्न पाएकोमा खुशी व्यत्ताm गरेका छन् ।
एक यात्रु प्रकाश भट्टले अति जरुरी काम परेको बेलामा सजिलै काठमाडौं–जाने आउने सुविधा प्राप्त हुनु खुशीकै कुरा भएको बताए ।
दाङमै इन्धन डिपो स्थापना भएमा हवाई भाडा अझै घट्ने  र अन्य निजी एयरलाइन्सहरु पनि दाङमा उडान भर्न इच्छुक रहेको संघका प्रेस सल्लाहकार शरद रेग्मीले बताए ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजाल र महासचिव नेत्रलाल वलीले विज्ञप्ति जारी गरी हवाई भाडा घटनु दाङवासीका लागि राम्रो अवसर भएको भन्दै सबैलाई छिटो र भरपर्दो यात्रा गर्नु परेमा उद्योग वाणिज्य संघमा सम्पर्क गर्न अनुरोध समेत गरेका छन् ।

स्रोत : अन्नपुर्ण पोस्ट

Related posts