ताजा खबर

पूर्वराजालाई पनि मन परेन संविधानको मस्यौदा

काठमाडौं , २०७२ श्रावन ६,
पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानको मस्यौदामा परिमार्जन हुनुपर्ने बताएका छन्।
वसन्तपुरको मख्खनगल्लीस्थित सानो पशुपतिनाथको मन्दिरमा भूकम्पमा ज्यान गुमाएकाहरुको शान्तिका लागि आयोजित महायज्ञ र हवनमा सहभागी भएपछि बाहिरिने क्रममा पूर्वराजा शाहले मस्यौदामा परिमार्जन हुनुपर्ने धारणा राखेका हुन्।
संविधानको मस्यौदामा व्यापक असन्तुष्टी र गुनासा आइरहेको भन्दै संचारकर्मीले जिज्ञासा राखेपछि उनले भने, ‘जनताले दिएका राय सुझावको सम्मान हुनुपर्छ। कमजोरी सच्चाउनु तथा परिमार्जन गनुपर्छ।’

पूर्वराजा शाहले सबै जनताले अपनत्व महसुस गर्ने खालको संविधान आउनुपर्ने बताउँदै भने, ‘सबैको चाहनाबमोजिमको संविधानले मात्रै मुलुक र जनताको हित हुन्छ। कसैलाई काखा कसैलाई पाखा गरिनु हुँदैन।’

स्रोत : अन्नपुर्ण पोस्ट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *