
काठमाडौं , २०७२ श्रावन ६,
एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले नयाँ संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने धारणा सार्वजनिक गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले नयाँ संविधानमा कार्यकारी प्रमुखका रुपमा राष्ट्रपति वा प्रधानमन्त्रीमा प्रत्यक्ष निर्वाचन हुनुपर्ने अवधारणा सार्वजनिक गरेका छन् । कार्यकारी प्रमुख किन चाहिन्छ भनेर उनले पाँचवटा कारण पनि पेस गर्दै भनेका छन्, बेलैमा सोचौं! वेलैमा गल्ती सच्याउँ!!
उनले देशको सर्वोच्च नेतृत्व चयनमा आम जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्दै लोकतन्त्र सुदृढ गर्न, देशमा बलियो जनअनुमोदिन नेतृत्व स्थापित गरेर बाह्य चलखेल न्यून गर्न, मिश्रित निर्वाचनको परिणामले ल्याउनसक्ने अस्थिरता र सत्ताको खेलकूदलाई अन्त्य गर्न, बलियो नेतृत्व स्थापित गरेर स्थायित्वलाई सुनिश्चित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था राख्नुपर्ने तर्क बाबुरामले अघि सारेका छन् ।संविधानसभाले पारित गरेर जनतामा पठाइएको मस्यौदामा प्रधानमन्त्री र राष्ट्रपति दुवै पद प्रत्यक्ष निर्वाचनको व्यवस्था राखिएको छ।
बाबुरामले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग गर्दै सामाजिक सञ्जालमा राखेको सन्देश यस्तो छ ।

स्रोत : अन्नपुर्ण पोस्ट