ताजा खबर

बिरोधका बाबजुद पनि कास्कीका ४ वटै निर्वाचन क्षेत्रमा संबिधान मस्यौदा माथि छलफल तथा सुझाव संकलन

कास्केलीको हिन्दुराष्ट पहिलो माग

दिननाथ बराल,
पोखरा ५, साउन. २०७२ ,

संविधानको प्रारम्भिक मस्यौदा माथि आज (मंगलबार) कास्कीका ४ वटै क्षेत्रमा केहि बिरोधका बाबजुद पनि छलफल तथा सुझाव संकलन कार्य सम्पन्न भएको छ ।

संविधानको मस्यौदामाथि छलफल हुदा छलफलमा सहभागि अधिकाशं कास्केली जनताले हिन्दु राष्ट्र बनाउनु पर्ने पहिलो माग राखेका छन् । सुझावकर्ताले हिन्दु राष्ट्र चाहिने बिषयमा जनताको चिक्त बुझ्ने गरी जनमत संग्रहमा जानु पर्ने समेत जोडदार माग राखेका हुन । त्यसै गरी संघीय राज्यबारे बढीमा पाँच प्रदेश, प्रधानमन्त्री र राष्ट्रपति मध्ये एकलाई प्रत्येक्ष छान्न पाउनुपर्ने, वडा अध्यक्षलाई प्रत्येक्ष छान्न पाउनुपर्ने, वलत्कारीलाई मृत्यु दण्डको सजाय हुनुपर्ने, आमा र बाबु दुबैबाट नागरीकता दिनुपर्ने, गाडी चलाउदा चालकलाई लाईसेन्स दिए सरी सभासद हुन पनि निक्ष्चित पढाई तोक्नु पर्ने, समानुपातीक निवार्चनमा ३ प्रतिशत थ्रेस होल्डको राख्नु पर्ने , नेपाली भाषालाई राष्ट्र भाषा र अन्य भाषा राष्ट्रिय भाषा बनाउनु, कर्मचारीहरुका पार्टी पक्षका युनियन बनाउन नहुने भन्दै एउटै युनियन बनाउनुपर्ने लगायतका माग गरेका छन् । कास्कीका चार वटै क्षेत्रमा भएको मस्यौदा माथिको छलफलमा अधिकासको सुझाबमा हिन्दु राष्ट्र बनाउनु पर्ने र गाईलाई राष्ट्रिय जनावरबाट हटाउन नहुनेमा समेत माग राखेका हुन ।

सुझाब दिदै शंकर बरालले भने ८० प्रतिशत हिन्दुहरु भएको देशमा किन हिन्दु राज्य नहुने भन्दै मलेसियामा ५० प्रतिशत मुसलमान भएको देशमा मुस्लीम देश हुने नेपालमा किन नहुने भन्दै उनले प्रति प्रश्न गरे । उनले भने “ नेपालबाट हिन्दु राष्ट्र हटाउनु भनेको नेपालमा धर्मयुद्ध भित्राउनु हो । ” गाईलाई राष्ट्रिय जनावरबाट हटाउनै नहुने राय दिएका बरालले संविधान हिन्दु धर्म विरोधी भएको भन्दै धर्म निरपेक्ष शब्द मस्यौदाबाट हटाउन माग गरे । सुझाव दिन मञ्चमा आउनेहरुले प्रधानमन्त्री र राष्ट्रपति मध्ये एकलाई प्रत्येक्ष छान्न पाउनुपर्ने, जिल्ला, नगर र गाउँ प्रमुखलाई कार्यकारी अधिकार दिनुपर्ने माग गरेका छन् । वडा अध्यक्षलाई प्रत्यक्ष छान्न पाउनु पर्ने अधिकार सम्बैधानीक व्यावस्था गर्नु पर्ने सभासद्लाई सुझाब दिएका छन् ।

सभासद्लाई सुझाब दिदै पोखरा ७ कि रमिला रेग्मीले नामाङ्कन र सिमाङ्कन सहितको संघीयता सहितको संविधान ल्याउनु पर्ने बनाइन् । उनको देशको अर्थतन्त्रले धान्ने गरि बढीमा पाँच प्रदेश बनाउनुपर्ने सुझाव थियो । क्षेत्र नं. १ को लेखनाथ उद्योग वाणिज्य संघको सभाहलमा आयोजना भएको संविधान सभाको प्रारम्भिक मस्यौदा छलफल कार्यक्रममा संघिय समाजवादका नेता तथा कार्यकर्ताले संघको गेट अगाडी मस्यौदा च्यातेर बिरोध जनाएका थिए ।

कार्यक्रममा सभासदहरु यज्ञबहादुर थापा, राधेश्याम अधिकारी, तुलबहादुर गुरुङ लगायतको सहभागिता रहेको थियो । केहि बेर बिरोध भए पनि संविधान सभाको प्रारम्भिक मस्यौदा माथि छलफल तथा जनताको सुझाव संकलन भएको सभासद यज्ञबशहादुर थापाले बताए ।

त्यस्तै क्षेत्र नं. २ को नगर प्रशिक्षण केन्द्र नदीपूरमा आयोजना भएको संविधान सभाको प्रारम्भिक मस्यौदा माथिको छलफल तथा सुझाव संकलन कार्यमा राप्रपा नेपाल कास्कीले विरोध स्वरुप मस्यौदा च्यातेर जलाएको छ । जिल्ला अध्यक्ष जयलाल पुनको नेतृत्वमा गएको टोलीले धर्मनिरपेक्षता खारेज हुनुपर्ने, हिन्दु राज्य स्थापना हुनुपर्ने, संवैधानिक राजसंस्थाको पक्षमा वकालत गर्दै ८० प्रतिशतभन्दा बढी हिन्दु भएको राज्यलाई हिन्दु राज्य घोषणा गर्न माग गर्दै विरोध स्वरुप मस्यौदा जलाएको अध्यक्ष पुनले बताए ।

सुझाव संकलनमा सभासद शारदा पौडेल, कुमार खड्का र चुडामणि जङ्गलीको लगायतको उपस्थिति रहेको थियो । त्यस्तै क्षेत्र नं. ३ को जिल्ला विकास समितिको हलमा सभासद रविन्द्र अधिकारी, वृन्दा राना मगर र तेजकुमारी पौडेलको उपस्थितिमा सौहार्द पुर्णरुपमा छलफल तथा जनताबाट सुझाव संकलन गरेको सभासद रविन्द्र अधिकारीले बताए ।

त्यस्तै क्षेत्र नं. ४ को गौरीशंकर उच्च मावि हेम्जामा आयोजना भएको संविधान सभाको प्रारम्भिक मस्यौदा माथिको छलफल कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा सभासद सीता गिरि वली र जीवन परियारको उपस्थिति रहेको थियो । कार्यक्रममा राप्रपा नेपालका कार्याकर्ताले बिरोध गर्दै संबिधान मस्यौदा च्यातेर बिरोध जनाएका थिए । कास्कीका सभासद्हरूले जनताले दिएको सुझाव समेटेर संविधान जारी गर्ने प्रतिबद्धता जनाएका छन ।

यसै बिच, बिप्लव पक्ष बिद्यार्थि संगठन अखिल क्रान्तिकारी र संघिय समाजबादी बिद्यार्थि युनियनले पोखराको पृथ्वीनारायण क्याम्पसमा आयोजना गरिएको संबिधानको मस्यौदा संबन्धी छलफल कार्यक्रम केहि वेर बिथोलेको छ । अखिल क्रान्तिकारीले कार्यक्रम स्थगित गर्न अनुरोध गरेपनि नमानेपछि आफुहरुले बाध्य भएर हस्तक्षेप गर्न परेको अखिल क्रान्तिकारी कास्कीको उपाध्यक्ष आश तमुले बताए । सोमबार जिल्ला स्तरिय सुझाव संकलन पछि मंगलबार बिभिन्न र्निबाचन क्षेत्रमा सभासदहरु सहितको उपस्थितीमा सुझाव संकलन कार्यक्रमको आयोजना गरिएको थियो ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *