ताजा खबर

रणवीरसँग खिचडी र बिरियानी  

मुम्बई, २०७२ श्रावन ४,

रणवीर कपुर नयाँ चलचित्र ‘बाजिराव मस्तानी’को तयारीमा छन्। यो चलचित्रमा उनी अभिनेत्रीहरू प्रियंका चोपडा र दीपिका पादुकोणका साथ रोमान्स गर्दैछन्।

हालै रणवीरले एक अन्तर्वार्ताका क्रममा यी दुई अभिनेत्रीलाई मज्जाले तुलना गरे। उनको भनाइ थियो, ‘प्रियंका खिचडी हुन् भने दीपिका बिरियानी।’

उनले चलचित्रभित्रको प्रसंगमा यसो भनेका हुन् वा वास्तविक जीवनमा, खुलाएका छैनन्। तर चलचित्रमा भने प्रियंकाले राम्री श्रीमतीको भूमिका निर्वाह गरेको र दीपिकाले यसको ठ्याक्कै उल्टो अर्थात् घरबाहिरकी प्रेमिका ‘मस्तानी’को भूमिका निर्वाह गरेको बताइएको छ।

 रणवीर कपुरसँगको ब्रेकअपपछि दीपिकाको नाम रणवीर सिंहसँग जोडिएको थियो। अहिले पनि उनीहरूको सम्बन्धको चर्चामा कमी आउँदैन।रणवीरले दीपिकालाई बिरियानीसँग तुलना गर्नुको कारण उनीहरूको सम्बन्धसँग गाँसेर पनि हेरिएको छ।

 दीपिकाले रणवीरसँगको सम्बन्धका बारेमा खुलेर केही पनि बोलेकी छैनन्। पछिल्लो एक अन्तर्वार्ताका क्रममा भने उनले रणवीरका लागि आफ्नो मुटुमा विशेष ठाउँ रहेको बताएकी छन्।

 अघिल्लो साता दीपिका र रणवीर लन्डनमा थिए। उनीहरूले रणवीरको जन्मदिन एकसाथ त्यहीँ मनाएका थिए।

स्रोत : अन्नपुर्णपोस्ट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *