ताजा खबर

मोदी फेरि अमेरिका जाने  

नयाँदिल्ली, २०७२ श्रावन ४,

गत मेमा प्रधानमन्त्रीमा निर्वाचित भइसकेपछि नरेन्द्र मोदीले २४ देशको भ्रमण गरिसकेका छन् । तर, उनको विदेश भ्रमणको क्रम रोकिएको छैन । यही क्रममा उनी फेरि अमेरिका भ्रमणमा जाने भएका छन् । आगामी सेप्टेम्बरमा मोदी अमेरिका जाने भारतीय मिडियाले उल्लेख गरेका छन् । विश्वस्त स्रोतको हवाला दिँदै भारतीय अनलाइन सञ्चारमाध्यम भास्करडटकमले लेखेको छ, ‘मोदी सेप्टेम्बरमा अमेरिका जाँदै छन्, उनले क्यालिफोर्निया विश्वविद्यालयमा भारतीय मूलका विद्यार्थीलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।’ गत नोभेम्बरमा पनि मोदी अमेरिका पुगेका थिए । अबको भ्रमणमा मोदीले आर्थिक एजेन्डामा विशेष जोड दिनेछन् । तर, यो भ्रमणमा उनको कूटनीतिक भेटघाट कम हुनेछ । सन् २००२ को गुजरात दंगापछि मोदीलाई अमेरिकाले प्रवेशाज्ञामा प्रतिबन्ध लगाएको थियो । तर, प्रधानमन्त्री चुनिएलगत्तै अमेरिकी राष्ट्रपति बाराक ओबामाले फोनमा बधाइ दिँदै मोदीलाई अमेरिका भ्रमणको निम्तो दिएका थिए ।

स्रोत : नया पत्रिका

Related posts