एजेन्सी , २०७२ श्रावन ४,
विश्व फुटबल सम्राट पेले अस्पतालमा उपचार गरी घर फर्किएको तीन महिना नपुग्दै शुक्रबार पुनः अस्पताल भर्ना भएका छन् ।
उनको पिठ्युमा नसा च्यापिएकाले उपचारार्थ अस्पताल भर्ना गरिएको हो । तीन महिनाअघि ब्राजिलियन फुटबल सम्राट पेलेको प्रोस्टेट ग्रन्थीको शल्यक्रिया गरिएको थियो ।
ब्राजिलियन सञ्चारमाध्यमका अनुसार विश्वप्रसिद्ध फुटबल हस्तीको अहिले साओ पाउलोस्थित अलवर्ट आइन्सटाइन अस्पतालमा उपचार भइरहेको छ ।
उनलाई आइतबार अस्पतालबाट घरमा लगिने कुरा पनि त्यहाँको एक दैनिक पत्रिका ‘फोला डे एस पाउलो’ ले लेखेको छ । पेलेले ब्राजिलका लागि तीन पटक फुटबलमा विश्वकप उपाधि दिलाएका थिए ।
स्रोत : अन्नपुर्णपोस्ट