ताजा खबर

ताइवानी राष्ट्रपतीय रेसमा महिला उम्मेदवार   

२०७२ श्रावन ४,

ताइवानमा राष्ट्रपतीय निर्वाचनका लागि पार्टीहरूले पहिलोपटक महिला उम्मेदवारलाई अगाडि सारेका छन् ताइवान/ ताइवानको सत्तारुढ दल कोमिन्ताङ (केएमटी)ले जनवरीमा हुने राष्ट्रपतीय निर्वाचनका लागि महिला उम्मेदवार छानेको छ । केएमटीले राष्ट्रपतिको उम्मेदवारका लागि महिला छानेको यो पहिलोपटक हो । केएमटीले हुङ सुई चुलाई आइतबार उम्मेदवार घोषणा गरेपछि अब ताइवानमा महिला उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।

ताइवानको विपक्षी डेमोक्रेटिक प्रोगेसिभ पार्टी (डिपिपी)ले यसअघि नै साई इङ–वेनलाई राष्ट्रपति उम्मेदवार तोकिसकेको छ । यसको अर्थ अब थाइल्यान्डमा निर्वाचनपछि पहिलोपटक महिला राष्ट्रपति हुने निश्चित भएको छ । जनवरीमा हुने निर्वाचनमा चीनसँगको सम्बन्ध प्रमुख एजेन्डा हुनेछ । केएमटीकी हुङ चीनसँग निकट र बलियो सम्बन्धको पक्षमा छिन् भने उनको पार्टी यसको विपक्षमा छ । एक शताब्दीअघि स्थापना भएको केएमटीले पहिलोपटक राष्ट्रपति निर्वाचनका लािग महिला उम्मेदवारलाई छानेको हो । ६७ वर्षीया हुङ अहिले संसद्की प्रवक्ता हुन् ।

स्रोत  : नया पत्रिका

Related posts