ताजा खबर

७२ कोठे होटल चलाउने जिम्मा रोबोटलार्इ 

रिसेप्सनिस्टदेखि वेटरसम्म रोबोट

एजेन्सी , २०७२ श्रावन ४,

यदि तपार्इं कुनै होटलमा प्रवेश गर्दा एकजना पनि मानिस भेट्नु भएन भने कस्तो लाग्ला ? यहाँ कुनै फिल्मी र काल्पनिक कुरा गर्न लागिएको होइन ।

जापानमा एउटा होटल यस्तो छ, जहाँ एकजना पनि मानिस कर्मचारीका रुपमा छैनन् । त्यहाँ केबल रोबोटले मात्र काम गर्छन् । रोबोटले होटलको जिम्मा लिएपछि त्यहाँ काम गर्ने कर्मचारीलार्इ विदा गरिएको छ ।

जापानको यो होटल सञ्चालको सबै जिम्मेवारी रोबोटले लिएका छन् । पाहुनका लागि ढोका खोल्नेदेखि लिएर सबै काम अहिले रोबोटले गरिरहेका छन् ।

रोबोटले होटलको जिम्मा लिएपछि कर्मचारीले यहाँबाट विदा लिएका छन् । ७२ कोठा भएको यो हेन ना होटलको रिसेप्सनमा युवतीको भेषमा रोबोट बसेको छ ।  यहाँ एक मेकानिकल डायनोसोरले पाहुनाको स्वागत गर्छ ।

यहाँ टच स्क्रिन र फेसियल रिकग्निसन सिस्टम लगाइएको छ ।  यस होटलमा एक रात बस्दा ७२ डलर शुल्क तिर्नुपर्छ । पाहुनाको सामान रोबोटले ने उठाएर कोठासम्म पुर्याउने गरेका छन् ।

यो होटलमा अनावाश्यक खर्चबाट जोगिनका लागि हरसमय रोबोटले काम गरिरहेका हुन्छन् । यो होटलका मालिक हिडियो सवाडाले यहाँ रोबोटलार्इ मानिसको ध्यान खिच्नका लागिमात्रै नलगाइएको बताएका छन् ।

यो कदम प्रविधिको भरपुर उपयोग गर्न होटलमा रोबोटको प्रयोग गरिएको हो । तर यहाँ जाने पाहुनाले केही प्राविधिक जानकारी भने लिनुपर्ने हुन्छ । किनकि अंग्रेजीमा कुरा गर्ने रिसेपसनिस्ट रोबोटलार्इ देख्दा डाइनोसरको याद आउन सक्छ ।

महिलाको पोशाकमा बसेकी रोबोटले तपार्इंलार्इ भन्नेछिन्, ‘चेक-इनका लागि १ थिच्नुस्’ । त्यसपछि पाहुनाले १ थिच्नुपर्ने हुन्छ । त्यसपछि तपार्इंले आफ्नो व्यक्तिगत विवरण स्क्रिनमा भर्नुपर्ने हुन्छ । –

रोबोटले सञ्चालको जिम्मा लिएको यो होटलमा सुरक्षाका लागि केही मानिस राखिएको छ । यो होटलको सुरक्षाका लागि क्यामेरा जडान गरिएको छ ।

ती क्यामेरमा निगरानी राख्न केही मानिस यहाँ तैनाथ गरिएको छ । पाहुनाको सुरक्षामा कुनै किसिमको कम्जरो हुन नदिन मानिसलार्इ सुरक्षाको जिम्मेवारी दिइएको होटल सञ्चालकको भनाइ छ ।

स्रोत : अन्नपुर्णपोस्ट

Related posts