ताजा खबर

‘बजरंगी भाईजान’ हेरेर रोए अमिर खान  

२०७२ श्रावन ३,

मुम्बई–बलिउड अभिनेता अमिर खान शनिबार राति आफ्ना केही साथीसँग सलमान खानको फिल्म ‘बजरंगी भाईजान’ हेर्न लाइट बक्स थिएटर पुगे। अमिर खानको साथमा छोरी इरा र भाई फैजल खान पनि संगै थिए। फिल्म फिल्ममा सलमान खानको अभिनय देखेर अमिर खान निकै भावुक भए ।

भावुकमात्र होइन उनी त रोए नै। जब फिल्म सकिएपछि उनी बाहिर निस्केका अमिर आँसु पुछिरहेको अवस्थामा देखिएको भारतीय संचारमाध्यमले जनाएका छन्। अमिरले टि्वटमा ‘बजरंगी भाईजान’ को तारिफ गर्दै सो फिल्मलाई सलमान खानको अहिलेसम्मकै राम्रो फिल्म भएको बताए। यो संगै अमिरले आफ्ना शुभचिन्तकलाई ‘बजरंगी भाईजान’ एकपटक हेर्न आग्रहसमेत गरेका छन्। टि्वट गर्दै अमिरले फिल्म निर्देशक, फिल्मको कथाबस्तुकोसमेत तारिफ गरेका छन्।

अमिर खानले फिल्ममा अभियन गरेकी सानी बच्ची शाहिदा उर्फ मुन्नी उर्फ हर्षाली मल्होत्राको पनि तारिफ गरेका छन्। बजरंगी भाईजान हेर्न अमिर खान बाहेक रितेश सिधवानी र उनी श्रीमती डली, संजय कपुर र उनकी श्रीमती महीपसहित अन्य सेलिब्रेटी थिएटर पुगेका थिए। शुक्रबार रिलिज भएको फिल्म बजरंगी भाईजानले सुरुवाती दिनमा ६३ दशवमल ७५ करोडको कमाइ गरेको छ।

स्रोत : नागरिक

Related posts