ताजा खबर

पुनर्निर्माणबारे छलफल गर्न चिनियाँ टोली आउँदै  

काठमाडौ , २०७२ श्रावन ३,

नेपालको पुनर्निर्माणमा चीनको सहयोगबारे छलफल गर्न एक उच्च चिनियाँ प्रतिनिधमिण्डल बुधबार नेपाल भ्रमणमा आउने भएको छ ।

चिनियाँ वाणिज्य सहायक मन्त्री चङ् सियाङ्चेनको नेतृत्वमा एघार सदस्यीय प्रतिनिधीमण्डल नेपाल आउन लागेको हो । परराष्ट्र मन्त्रालयका अनुसार १० मा आयोजित अन्र्तराष्ट्रिय पुर्ननिर्माण सम्मेलनपछि यहाँको पुनर्निर्माणबारे छलफल गर्न आउने यो नै पहिलो विदेशी टोली हुनेछ ।

चिनियाँ प्रतिनिधीमण्डलले प्रधानमन्त्री शुशील कोइरालासंग शिष्टाचार भेट गर्नेछ। त्यस्तै अर्थसचिव सुमन शर्मासंग पुर्ननिर्माणमा चिनियाँ सहयोगबारे द्विपक्षिय वार्ता गर्ने भएका छ।

चीनले भत्किएका ऐतिहासिक सांस्कृतिक सम्पदाहरुको पुर्ननिर्माण र भुकम्प पीडितहरुको पुर्नवास कार्यक्रममा सघाउने यसअघि नै प्रतिवद्दता व्यक्त गरिसकेको छ।

एघार सदस्यीय प्रतिनिधी मण्डलमा चिनियाँ बिदेश मन्त्रालय, विकास मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरु सम्मिलित छन्। प्रतिनिधिमण्डलले भुकम्पले क्षतिग्रस्त बनाएका ठाउंको भ्रमण गर्ने भएको छ।

नेपालको पुर्ननिर्माण संबन्धि अन्र्तराष्ट्रिय सम्मेलनमा सहभागि हुन आएका चिनियाँ बिदेशमन्त्री वाङ् यीले पुर्ननिर्माणका लागि ७६ अर्बको अनुदान सहयोग घोषणा गरेका थिए । उक्त सहयोग सन् २०१६ देखि २०१८ को अवधिका लागि दिइएको वाङ्ले बताएका थिए।

विदेशमन्त्री यीले नेपालको पुर्ननिर्माणबारे छलफल गर्न चांडै उच्चस्तरीय चिनियाँ टोली आउने बताएका थिए। भुकम्प लगत्तै उद्वार तथा राहत टोली पठाएको थियो । उद्वारकै क्रममा चीनले नेपाललाई २० मिलियन युआन मानवीय सहायता दिएको थियो।

स्रोत : अन्नपुर्णपोस्ट

Related posts