मेरी स्टोप्स सेन्टर पोखरा सभागृहमा

एक दशकमा कास्कीबाट ६६ हजार ९ सय ९१ जना लाभान्वीत

दिननाथ बराल
पोखरा २०७२ , साउन ३,

सुरक्षित गर्भपतन तथा परिवार नियोजनको क्षेत्रमा काम गर्दै आएको मेरी स्टोप्स सेन्टर हाल पोखरा सभागृहबाट सेवा दिन सुरु गरेको छ । विगत एक दशकदेखि पोखराको नाँगढुंगा, बुद्धचोक क्षेत्रबाट सेवा दिदै आएको उक्त संस्थाले पछिल्लो क्रममा पोखरा सभागृहचोकबाटै सेवा दिदै आएको आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको हो ।

मेरी स्टोप्स सेन्टरका अप्रेसन म्यानेजर गणेश पोखरेलले संस्थाले गरेको गतिविधिका बारेमा जानकारी गराउदै कास्कीमा हालसम्म ६६ हजार ९ सय ९१ जना लाभान्वित भएको उनले दाबी गरे । उक्त संस्था स्थापनाको एक दशक पुगेसंगै नयाँ प्रविधि भित्राउने तयारी गरेको छ । आगामी एक हप्ता भित्रमा पाठेघरमा भएको क्यान्सर पक्ता लगाउने नयाँ प्रविधि (भिआईए) सेवा संचालन गरीने भएको पोखरेलले बताए ।
उक्त संस्था सहित कास्कीमा २५ वटा स्वास्थ्य संस्थाहरुले सरकारबाट मान्यता प्राप्त गरी गर्भपतन गराउन पाएको जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका परिवार नियोजन विभागका मित्र अर्यालले बताए । उनले भने अझै पनि अवैध रुपमा लुकि छिपि अवैध रुपमा गर्भपतन गराउने कार्य भईरहेको छ यसो गर्दा महिला र संम्बन्धित संस्थालाई नै जोखिम भएको बताए ।

गर्भबसेको १२ हप्तासम्मको लागि सर्जिकल र औषधिद्धारा ९ हप्तासम्मको उपचार गरी गर्भपतन गन सकिने भएको औषधि तथा अप्रेसन गरी गर्भपतन गराईदै आएको अप्रेसन म्यानेजर गणेश पोखरेलले बताए । संस्थाले यौनजन्य, स्त्रीरोग लगायतको सेवा तथा परामर्श दिन तयार रहेको उनले जनाए । संस्थाकी पोखरा टिम लिडर सुस्मा थापाले यौन तथा प्रजननको बिषयमा खुलेर कुरा गर्न आग्रह गरेकी छन । सेन्टरमा विहान १० बजेदेखि बेलुका ४ः३० बजेसम्म सेवा हुने भएको छ । सामान्यतया गर्भपतन गराउदा हाल सेवा शुल्क पावत एक हजार लिने गरेका छन भने यस बर्षको बजेट भाषणमा गर्भपतन गराउदा निशुल्कः सेवा दिने घोषणा गरीएको छ ।

Related posts