ताजा खबर

सहारा एकेडेमी सहित दोविल्लाको बस्ती पहिरोको जोखिममा

दिननाथ बराल,

पोखरा, २ साउन २०७२ ,

सेतीनदीको किनारामा अब्यवस्थीत रुपमा ढुंगा, गिटी वालुवा उत्खनन गर्दा पोखरा १७ स्थित दोविल्लामा रहेको सहारा एकेडेमी सहित दोविल्लाको बस्ती नै पहिरोको उच्च जोखिममा रहेको छ ।

दोविल्ला बचाऔं जोखिम व्याबस्थापन समितिका अध्यक्ष कमलमोहन पौडेलले मानवीय तत्रुटीका कारण सेतीनदीमा रहेको प्राकृतिक श्रोतको अत्याधिक दोहन गरेका कारण एकेडेमी सहित दोविल्लाको वस्ती जोखिममा परेको बताए । गतबर्ष देखि फुर्सेखोला र सेतीनदीको कटानले गर्दा दोविल्लाको बस्ती सहित एकेडेमी पहिरोको जोखिममा परेको उनले बताए ।

समिति, स्थानीइ बासिन्दा र सहारा क्लवको पहलमा फुस्रे खोलालाई पुरानै धारमा फर्काउने काम शनिबार देखि सुरु भएको छ । सबैभन्दा बढी कटान गरेको फुस्रे खोलालाई पुरानै धारमा फर्काउन जिल्ला प्रशासनको निर्देशनमा जिल्ला विकास समिति कास्कीको जेसिभीको सहयोगमा उक्त काम सुरु भएको सहारा क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए । शुक्रबार जिल्ला दैविक प्रकोप विपद ब्यबस्थापन
समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, संसद विकास समितिका अध्यक्ष रविन्द्र अधिकारी सहितको टोलीले जोखिम क्षेत्रको अवलोकन गरी खोलालाई पुरानै धारमा फर्काउन निर्देशन दिएको थियो । स्थानीयले जेसिवी लगाउदा खोलालाई पुरानोबाटो नर्फाकाउन माग गर्दै अबरोध पुराउन खोजेका थिए ।

सेती नदी र फुस्रे खोलाको विच भागमा रहेको दोविल्ला बस्ती सहितको सहारा एकेडेमी खोलाको दोहोरो कटानको जोखिममा परेकोले संरक्षणको लागि प्रशासनसंग सहयोग माग गरेका हुन । सहारा एकेडेमीको उत्तर पट्टि सेती र दक्षिण पट्टि फुस्रे खोलाले कटान गर्दै गएको छ भने जसका कारण सहारा एकेडेमीसहित त्यहाँ रहेको चर्च र गाउँ नै जोखिममा परेको छ । फुस्रे खोलाले धार परिवर्तन गरेर सहारा एकेडेमी नजिक रहेको चर्चको बाटो र गेट मसेत भत्केको छ ।

सहारा क्लव पोखराका अध्यक्ष आचार्यले भने “अघिल्लो वर्ष सामान्य कटान गर्यो भनेर छाडियो, यस वर्ष हेर्दाहेर्दै धेरै जमिन कटान गर्दै बस्ती सहित एकेडेमी पहिरोको जोखिम बढायो ।” वर्षाको समयमा फेवातालमा पानी बढेका बेला फुस्रे खोलामा मिसाईदिदा पनि खोलामा पानीको वहाव बढ्ने र त्यसका कारण कटान अत्यधिक हुनेगरेको उनले बताए ।

एकेडेमी उच्च जोखिममा पुगेकाले जोखिम समाधानका लागि वन मन्त्रालय, सिंचाई मन्त्रालय, भौतिक तथा पुर्ननिर्माण मन्त्रालय र स्थानिय विकाश मन्त्रालयमा निवेदन समेत दिएको अध्यक्ष आचार्यले जनाए । त्यसै गरी भरतपोखरी र निर्मल पोखरी जोड्ने दोविल्लाको पक्की पुल समेत पहिरोको जोखिममा परेको नागरीक अगुवा उदयबहादुर रायमाझीले बताए ।

Related posts