ताजा खबर

सातौं राष्ट्रिय खेलकुद मंसिर ११ देखि

काठमाडौं. २०७२ श्रावन २, 
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर ११ गतेदेखि १८ गतेसम्म पूर्वाञ्चलमा हुने भएको छ। शुक्रबार युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको अध्यक्षतामा बसेको बैठकले सातौं राष्ट्रिय खेलकुद (राखेप) को मिति तोकेको हो।
बैठकको निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा राखेपका सदस्यसचिव केशवकुमार विष्टले प्रतियोगिताका अधिकांश खेल सुनसरी, मोरङ र झापामा हुने बताए। उनले केही खेल सप्तरी, सिरहा र उदयपुरमा समेत गरिने समेत जानकारी दिए।
प्रतियोगिताको तयारी सुरु भइसकेको छ’ उनले भने। यसैगरी बोर्ड बैठकले भारतमा आयोजना हुन गइरहेको बाह्रौं दक्षिण एसियाली प्रतियोगिता (साग) मा नेपालले सहभागिता जनाउने निर्णय समेत गरेको छ।
पत्रकार सम्मेलनमा राखेपका उपाध्यक्ष टेन्डी शेर्पाले सागका लागि १२ वटा खेलले तयारी सुरु भइसकेको बताए । उनले खेलअनुसारको डाइट व्यवस्था ग रिने पनि जानकारी दिए।
यसैगरी, विगत चारवर्षे कार्यकालको स्वेतपत्र जारी गर्ने निर्णय पनि बोर्डले गरेको छ । सदस्यसचिव विष्टले राखेपले गरेको कार्यलाई पारदर्शी गराउन यस्तो निर्णय भएको बताए। बोर्ड बैठकले विभिन्न १५ वटा निर्णय गरेको छ।
अवधि पुगेका विभिन्न क्षेत्रीय तथा जिल्ला खेलकुद विकास समितिहरू गठन गर्ने, राखेपमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीको स्थायी प्रक्रिया अगाडि बढाउने, १० वर्षदेखि रोकिएको बढुवा प्रक्रिया थाल्नेलगायतको निर्णय पनि बैठकले गरेको छ।
दक्षिण कोरियाको इन्चोनमा भएको सत्रौं एसियाली खेलकुदमा सहभागी हुने क्रममा तेक्वान्दो खेलाडी सक्षम कार्कीको उपचारका लागि सरकारसँग आर्थिक सहयोगका लागि आग्रह गर्ने निर्णय गरेको छ। उनले तीन लाख ४५ हजार सात सय रकम आफ्नो उपचारमा खर्च भएको दाबी गरेका छन्।

स्रोत : अन्नपुर्णपोस्ट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *