दिननाथ बराल,
पोखरा, २ साउन
एकीकृत नेकपा माओवादीका सचिव एवम् पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तले पोखराको अर्मलामा परेको भ्वाङ नियन्त्रण गर्नको लागि सरकारी अध्ययन टोलीले सिफारीस गरेको बाँकी रकम तत्काल निकासा गर्न माग गरेका छन । कास्कीको पोखरा १९ स्थित अर्मलाको शनिबार स्थलगत अवलोकन गर्दै नेता पुनले सरकारी अध्ययन टोलीले सिफारिस गरे अनुसार जम्मा ८ करोड निकासा हुनु पर्नेमा बाँकी ७ करोड तत्काल निकासा गर्न माग गरेका हुन। करीब एक करोड ९ लाख मूल्य बराबरको हाल भ्वाङ नियन्त्रण गर्नका लागि काम भईरहेको अर्मला दैविक प्रकोप सरोकार निमार्ण सहयोग समितिका अध्यक्ष लिलाधर आचार्यले बताए ।
नेता पुनले भने “अर्मलाको जमिनमा भ्वाङ परेर बस्ती जोखिमा परेकाहरुलाई सरकारले उचित राहत दिएइर पुर्नस्थापना गर्न पर्दछ ।” पत्रकारसंग कुराकानी गर्दै पुनले घट्ना घटिसकेपछि काम गर्नुभन्दा घट्ना घट्नु भन्दा पहिल्यै रोकथाम गर्नुपर्ने उत्तम उपाए भएको बताए । उनले भने “अर्मलावासीहरुको उचित व्याबस्थापनको लागि मेरो तर्फबाट पुर्ण सयहोग हुने छ हाम्रो पार्टीको समेत सहयोग हुन्छ ।” अर्मलाको बारेमा जानकारी दिदै समितिका अध्यक्ष आचार्यले भ्वाङ परेको क्षेत्रको भौगोलिक अवस्था अध्ययन गरेर सहि छ भने बस्ती बसाल्नर खेतीपाती गर्न दिनुपर्ने माग राख्दै आएको दुई बर्ष बित्दा सम्म सरकारले आफुहरुको माग सुनुवाई नगरेको गुनासो गरे ।
उनले भने “अर्मला क्षेत्रमा अझै ३ सय जसो रोपनी क्षेत्रफल भ्वाङ परेका कारण खेति योग्य जमिन बाजो रहेको छ ।” २ सय रोपनी क्षेत्रफलमा भने जोखिम मोलेर स्थानीयले खेतिपाती गर्न थालेको उनले बताए । कालिखोलामा २ वटा चेक ड्याम, दुहुने खोलामा खोला नियन्त्रणको लागि नाला बनाइएको तथा अघिल्लो बर्ष परेका भ्वाङ पुरीएको अध्यक्ष आचार्यले बताए । उनका अनुसार यस बर्षको बर्षायाममा हालसम्म नयाँ भ्वाङ ५ र पुरानै स्थानमा ७ वटा भ्वाङ परेका छन ।
अर्मलामा साना ठुला गरी २ सय ६५ वटा भ्वाङ पुरीएको समेत उनले बताए । उनले बाँझो रहेको जग्गाको क्षेतिपूर्ति दिनुपर्ने माग गर्दै भने,“भुकम्पले सामान्य चर्किएको घरधनीलाई पनि क्षेतिपूर्ति दिइएको छ भने हाम्रो पनि जग्गामा भ्वाङ परेर लाखौंको क्षेति भएको छ, हामीलाई पनि क्षेतिपूर्ति चाहिन्छ ।”