दिननाथ बराल
पोखरा , २०७२ साउन २,
पोखराको गण्डकी विकास बैंक लिमिटेडले यस आर्थिक बर्षमा १७ करोड संचालन मुनाफा आर्जन गर्न सफल भएको छ । पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको गण्डकी विकास बैंक लिमिटेडले आ.ब. २०७१÷०७२ को आषाढ मसान्त सम्ममा करिव १७ करोड रुपैया बराबरको संचालन मुनाफा आर्जन गर्न सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्माले बताए ।
यस अवधिमा बैंकले ४ अर्व ५५ करोड निक्षेप संकलन गरी ३ अर्व ८६ करोड कर्जा लगानी गरेको शर्माले बताए । उनका अनुसार प्रधान कार्यालय सहित २१ स्थानवाट बैंकिङ्ग सुविधा प्रदान गर्दे आएको यस बैंकको हाल सम्म ३५ करोड २० लाख बराबरको चुक्ता पुँजि रहेको छ । बैंक संचालक समितिले मिति यही श्रावण १६ गते बैंकको पुँजि वृद्धी प्रयोजनार्थ विशेष साधारण सभा को आह्वान गरेको बैंकले जनाएको छ ।