ताजा खबर

ओमको मुनाफा २० करोड

दिननाथ बराल
पोखरा  साउन १  , २०७२ ,

पोखरामा प्रधान कार्यालय रहेको ओम फाईनान्स लिमिटेडले २० करोड १६ लाख सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । आर्थिक बर्ष २०७१।७२ को असार मसान्तसम्म उक्त रकम संचालन मुनाफा आर्जन गर्न सफल भएको फाईनान्सका प्रमुख कार्यकारी अधिकृत बुद्धि मल्लले बताए ।

फाईनान्सले ४ अर्ब ८० करोड निक्षेप संकलन गरि ३ अर्ब ९४ करोड कर्जा लगानी गरेको मल्लले जनाए । उनका अनुसार १२ करोड ८३ लाख खुद मुनाफा आर्जन गन सफल भएको छ । कम्पनीको निष्कृय कर्जा ०.७१%, कर्जा निक्षेप अनुपात ७२.७४%, पुंजी पर्याप्तता १४.१३.% र प्रतिशेयर आम्दानी ३२.९७% रहेको फाईनान्सले जनाएको छ । फाईनान्सले अघिल्लो आ.ब.को असार मसान्तको तुलनामा निक्षेपमा ६.६६%, कर्जामा १४.८७% र खुद मुनाफामा ४२.४% को बृद्धि गरेको थियो ।

फाईनान्सले पोखरामा केन्द्रिय कार्यालय रहेको सिटी डेभलपमेन्ट बैंक लिमिटेडसंग मर्जरमा जानको लागि सैदान्तिक सहमतिको लागि नेपाल राष्ट्र बैंकमा आवदेन दिएको छ । मर्जरपछि दुबै संस्थाले राष्ट्रिय स्तरको विकास बैंकको रुपमा ओम डेभलपमेन्ट बैंकको नामबाट संयुक्त रुपमा कारोवार गर्ने तयारी गरेका छन ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *