ताजा खबर

कामदारको मृत्युपछि मोदीको भ्रमण रद्द 

नयाँदिल्ली, २०७२ श्रावन १,

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावित वाराणसी भ्रमण रद्द भएको छ । मोदी एकदिने भ्रमणमा वाराणसी जाँदै थिए । मोदीको स्वागतका लागि फूलको तयारी गरिरहेका एक कामदारको मृत्यु भएपछि मोदीको यो भ्रमण रद्द भएको हो।

कासी क्षेत्रका अध्यक्ष लक्ष्मण आचार्यले बिबिसीलाई मोदीको भ्रमण रद्द भएको जानकारी दिएका ह्न् । उनले ती कामदारको मृत्युपछि मोदीले नै कार्यक्रममा आउन नचाहेको बताएका छन् । ‘मोदीले एकातिर कामदारको शव र अर्कोतिर प्रशंसकको ताली चाहनुभएन,’ उनले भनेका छन्, ‘त्यसैले मोदीको यो भ्रमण रद्द भएको छ ।’

तर, मोदीको वाराणसी भ्रमण रद्द भएको यो पहिलोपटक होइन । अघिल्लो महिना पनि मोदीको वाराणसी भ्रमण वर्षाका कारण रद्द भएको थियो । मोदी वाराणसीबाटै लोकसभामा सांसद छन् ।

वाराणसीको डिएलडब्ल्यु ग्राउन्डमा प्रस्तावित मोदीको सभाका लागि फूलको सजावट गरिरहँदा ती कामदारको करेन्ट लागेर मृत्यु भएको थियो । मृतकका परिवारलाई केन्द्र सरकारले साढे सात लाख भारतीय रुपैयाँ दिने घोषणा गरेको छ ।

स्रोत : नया पत्रिका

Related posts