ताजा खबर

एकै पटक २१३ न्यायाधीश सरुवा

काठमाडौँ , २०७२ श्रावन १,

न्याय परिषद्को बिहीबारको बैठकले पुनरावेदन अदालतका ३४ र जिल्ला अदालतका १७९ जना न्यायाधीशको सरुवा गरेको छ। प्रधान न्यायाधीश कल्याण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले पुनरावेदन अदालतका ३४ र जिल्ला अदालतमा १७९ न्यायाधीशका सरुवा गर्ने निर्णय गरेको प्रधान न्यायाधीश श्रेष्ठले बताए ।

‘न्यायाधीश सरुवा भएको छ, मैले भर्खरै सही गरेर आएको छु, धेरै ठाउँमा भएको छ, किन धेरै सरुवा भयो’, प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘सबैलाई त्यही ठाउँ चाहिने, तानातानै भो, खोसाखोसै भो, मलाई त्यही चाहिन्छ, भन्ने भो, त्यही भएर धेरै ठाउँमा सरुवा भयो ।’

उहाँले राम्रोस्तरका न्यायाधीशहरु पनि दुर्गम जिल्लामा गएर त्यहाँका जनतालाई न्याय दिनुपर्ने भएकाले आफूले सबैलाई फरक–फरक ठाउँमा सरुवा गरेको बताउँदै भने, ‘सरुवा गरेका न्यायाधीशलाई असुविधा होला, त्यो आफ्नो ठाउँमा हुन्छ, तर त्यो ठाउँका जनतालाई न्याय दिँदा व्यावसायिक जीवनको महत्वपूर्ण कडी त्यहाँ हुन्छ ।’

यसैबीच न्याय सेवा आयोगको बुधबारको निर्णयअनुरुप सर्वोच्च अदालतको रिक्त रजिष्ट्रार पदमा श्रीकान्त पौडेल र न्याय परिषद सचिवमा कृष्ण गिरीलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय भएको छ । पौडेल र गिरी लामो समयदेखि ‘निमित्त’ को हैषियतमा थिए ।

स्रोत : अन्नपुर्णपोस्ट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *