ताजा खबर

२२ लाखको लागतमा पोखरामा बहुउद्धेश्य नाटक भवन निमार्ण हुने

दिननाथ बराल
पोखरा १, साउन

पोखरामा २२ लाखको लागतमा बहुउद्धेश्य नाटक भवन निमार्ण हुने भएको छ । युथ क्रियशन थ्रिएटरको आयोजनामा आगामी ३ महिना भित्र २२ लाखको लागतमा बहुउद्धेश्य नाटकको भवन निमार्ण हुने भएको थ्रिएटरका अध्यक्ष कपिल शर्मा (संजोग)ले बताए । उनका अनुसार हालसम्म ५ लाख रुपैया उक्त भवन निमार्णको लागि रकम संकलन भइसकेको छ । बाँकी रकम विभिन्न दाताबाटै संकलन गराउने भएको उनले जनाए ।

पोखरामा नाटक निमार्ण गरी प्रदर्शन गर्दा सभा समारोहमा प्रयोग भएको हलहरु प्रयोग गर्दा आफुहरुको खर्च बढी भएको तथा स्तरीयतामा कमि आएकोले आफुहरुले छुट्टै भवन निमार्ण गर्न लागेको अध्यक्ष संजोगले बताए । नेष्ट नेपालको जमिनमा १० बर्षको लागि पहिलो चरणमा उक्त भवन बन्न लागेको हो । वैशाख देखि काम सुरु गर्ने योजना भए पनि भूकम्पको कारणले गर्दा साउन एक गतेदेखि औपचारीक रुपमा भवन निमार्णको काम सुरु भएको उनले जनाए । युथ क्रियशन थ्रिएटरले अन्तराष्ट्र्रिय रक्सिभट्टी, कविता मन्चन र अर्को ओरालो नाटक प्रदर्शन समेत गरेको छ ।

यसै, विच उक्त भवनको एक समारोहका विच सुक्रबार बरिष्ठ साहित्यकार तथा संस्कृतिकर्मी तिर्थ श्रेष्ठले शिलन्यास गरेका छन। कार्यक्रममा बोल्दै उनले पोखरामा नाटक भवन नहुदा धेरै कठिन भएको बताए । नाटक निमार्ण गर्दा लेखन, अभिनय, संगीत, प्रस्तुतः गर्न कठिन भएको उनले जनाए । स्थान बिषेशका आधारमा समेत संचार माध्यमले प्रथामिकता दिने गरेको उनले तितो अनुभव सुनाए । उनले भने “मेरो एकल कविता वाचन काठमाण्डौमा गरीयो अधिकाशं संचार माध्यमहरुले प्रथामिकताका साथ स्थान दिए तर चितवनमा सोहि कार्यक्रम हुदा एउटा संचार माध्यमले पनि प्रथामिकता दिएनन । ”

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले स्थानीय रुपमा कला÷साहित्यको राम्रो स्थान दिने गरी संचार माध्यमहरुले स्थान दिन नसकेको बताए । नाटक निर्देशक कृष्ण उदासीले पोखरामा नाटकको एउटा कालखण्डा पार गरी अर्को कालखण्ड सुरु भएको बताए ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *