ताजा खबर

पर्यटन र आर्थिक गतिविधि समेटन ग्रेटर पोखरा डटकम र अनलाईन पोखरा डटकम

दिननाथ बराल
पोखरा ,२०७२  साउन १,

पर्यटकीय नगरी पोखरामा पर्यटन र आर्थिक गतिविधि समेटने गरी ग्रेटर पोखरा डटकम र अनलाईन पोखरा डटकम दुई वटा वेव साईट संचालनमा आएका छन । पोखरा र आसपासका पर्यटकीय स्थलहरुको साथै आर्थिक गतिविधिहरु समेट्ने गरी समग्र पोखराको बारेमा जानकारी गराउने उद्धेश्यले स्थापना भएको दुई वटा वेव साईटहरु सुक्रबार देखि पोखराबाट संचालनमा आएका हुन ।
ग्रेटर पोखरा प्रालिको आयोजनामा उक्त वेव साईडको सुक्रबार एक समारोहका बिच पोखरा पर्यटन पुनर्रजागरण समिति (पिटिआरसी) का संयोजक गणेश बहादुर भट्टराईले शुभारम्भ गरेका हुन ।

कार्यक्रममा बोल्दै उनले पछिल्लो क्रममा अनलाईन संचारमाध्यमको महत्व झन बढ्दै गएको अबस्थामा पर्यटनलाई केन्द्रीत गरी संचालनमा आएको उक्त वेव साईटलाई निरन्तरता दिन आग्रह गरे । उनले भने “भूकम्पले गर्दा प्रायः शुन्य जस्तै भएको पर्यटनको अबस्थामा सकरात्मक सन्देह प्रभाह गर्ने उद्धेश्उले उक्त वेव साईड संचालनमा आउनु निकै राम्रो कुरा हो, यसले काठमाण्डौ, चितवन, लुम्बिनी लगायतका पर्यटकीय क्षेत्रलाई समेत समेट्नु पर्दछ ।” सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले आ–आफ्नो संस्थाको बारेमा जानकारी गराउन अनलाईन तथा वेवसाईटहरु समय अनुसार अपडेट नभएको समेत उनले गुनासो गरे ।

कार्यक्रममा बोल्दै राष्ट्रिय पर्यटन प्रवद्र्धन समितिका सदस्य गोविन्दराज पहारीले भूकम्पले गर्दा पर्यटन क्षेत्र सघनकक्ष (आईसियु) मा रहेको अबस्थामा यस्तो वेव साईड संचालनमा आउनु निकै राम्रो हुने विश्वास व्यक्त गरे । संचारमाध्यमहरु संवेदनशिल भएकोले संचार माध्यमहरुले बढी सकरात्मक समाचार मात्र दिन समेत उनले आग्रह गरे । पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले पोखराको समग्र पर्यटनको विकास गर्न आफुहरु सहकार्य गर्न तत्पर भएको बताए । भूकम्पले प्रभावित भएको पर्यटन क्षेत्रलाई माथि उकास्न सकरात्मक समाचारले धेरै टेवा पुराउने उनले दाबी गरे ।

कान्तिपुर राष्ट्रिय दैनिक पश्चिमाञ्चल व्युरो भिम घिमिरेले पछिल्लो क्रममा अनलाईन तथा वेव साईडहरुको महत्व बढ्दै आएको बताए । अनलाईनबाट पर्यटनका विभिन्न प्याकेजका कार्यक्रम समेत विक्रि गर्न सकिने भएकोले केहि पर्यटकहरु वेव साईडबाटै विभिन्न देश विदेश भ्रमण गर्ने भएको घिमिरेले बताए । अझै पनि राजधानिमा वेवसाईटकहरुको एकाधिकार भएको आरोप लगाउदै उनले भने “धेरै मानिसहरुको हात हातमा ईन्टरनेटको पहुच पुराउन थ्री जिलाई सहुलियत गर्नु पर्दछ ।” विदेशी तथा स्वदेशी पर्यटक सहित समग्र पोखरा क्षेत्रको पर्यटनको विकासको लागि पर्यटनसंग सम्बन्धित संघ संस्थाहरुसंग समन्वय गरी आफुहरु अघि बढन चाहेको ग्रेटर पोखराका गणेश बरालले बताए । उक्त वेव साइडको प्रधान कार्यालय पोखराको हल्लनचोकमा रहेको छ ।

Related posts