ताजा खबर

संसद्ले आज पेश्की बजेट पारित गर्दै

सभासद्हरु भोलि जिल्ला जाने
काठमाडौं , २०७२ असार ३१,
व्यवस्थापिका संसद्को आज बस्ने बैठकले आर्थिक वर्ष ०७२/७३ का लागि प्रस्तुत गरिएको पेश्की बजेट पारित गर्दैछ । पूर्ण बजेट पारित हुन समय लाग्ने भएपछि पेश्की बजेट पारित गर्न लागिएको हो ।

आजै पेश्की बजेट पारित भएपछि सभासद्हरु भोलिबाट संविधानको मस्यौदामा सुझाव संकलनका लागि जिल्ला जाने भएका छन् । संसदका कर्मचारीहरु भने मस्यौदा बोकेर यसअघि नै जिल्ला पुगिसकेका छन् । सभासद्हरु सुझाव संकलनका क्रममा ५ दिन जिल्लामा रहनेछन् ।

उनीहरुले साउन ४ र ५ गते निर्वाचन क्षेत्रस्तरमा संविधानको मस्यौदामा सुझाव लिनेछन् । संविधानसभाका अध्यक्ष उपाध्यक्ष र प्रधानमन्त्रीबाहेक अन्य सबै नेताहरुलाई जनमत संकलनमा अनिवार्य सहभागी हुन संसद सचिवालयले आग्रह गरेको छ ।

स्रोत : अन्नपुर्णपोस्ट

Related posts