ताजा खबर

कांग्रेस–एमालेको झगडाले मन्त्रिपरिषद् बस्न सकेन

काठमाडौं , २०७२ असार ३१,

कांग्रेस–एमालेको झगडाले बिहीबार बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ । बजेटबारेमा यी दुई पार्टीबीच विवाद बढेपछि दिउँसो ३ बजे बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक पनि प्रभावित भएको हो ।

आज बस्न नसकेपछि भोलि बिहान ९ बजेसम्मका लागि मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ । अर्थमन्त्री रामशरण महतले बजेट ल्याउने क्रममा एमालेको सरकारको पालामा ल्याएका राष्ट्रिय गौरवका तथा अन्य महत्वपूर्ण योजना तथा कार्यक्रममा तोडमोड गरेको आरोप लागेपछि यी दुई दलबीच दुरी बढेको छ ।

आफूले राखेका मागको संसद् बैठकमार्फत मन्त्री महतले सम्बोधन नगरेसम्म बजेट पारित गर्न नदिने अडान एमालेले राखेको छ । एमालेको बिहीबार बसेको स्थायी समितिको बैठकले तीन सदस्यी वार्ता समिति समेत गठन गरिसकेको छ ।

स्रोत : अन्नपुर्णपोस्ट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *