ताजा खबर

यौन दुर्ब्यबहारको आरोप लागेका फिजियो बर्खास्त

काठमाडौं, २०७२ असार ३१,
नेपाल क्रिकेट संघ(क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका फिजियो डां ऐजाज बासिर असाईविरुद्ध यौन दुव्र्यवहारको आरोप लागेपछि बिहीबार उनलाई पदबाट बर्खास्त गरेको  छ ।
टीटे्वेन्टी विश्वकप क्रिकेट छनोटका लागि आयरल्यान्डमा रहेको नेपाली टोलीसँग रहेका ४२ वर्षिय असाईले टोली बसेकै स्थानिय होटल ला मनमा मंगलबार त्यहाँ काम गर्ने महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोप छ ।
टीट्वेन्टी विश्वकप क्रिकेट छनोटका लागि भारतको धरमशाला क्रिकेट मैदानमा भएको तयारीदेखी असाई नेपाली टोलीसँग थिए ।
क्यानले उनलाई आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिप अन्तर्गत स्कटल्यान्डविरुद्ध हुने खेलसम्मका लागि लिएको थियो । क्यानले बिहीबारदेखी नै लागु हुनेगरि असाईसँग क्यानको सम्पुर्ण सम्झौता टुंगिएको जनाएको छ ।
यौन दुव्र्यवहार झल्किने गरि असाईले ती महिला कर्मचारीलाई छुने प्रयाश गरेपछि उनलाई स्थानिय प्रहरीले नियन्त्रणमा लिएको थियो । एक रात प्रहरी हिरासतमा बिताएका असाईलाइ बुधबार अदालतमा उपस्थित गराईएको थियो ।
असाईले पुर्ण मसाजका लागि ती महिला कर्मचारीलाई बोलाएका थिए । मसाजका लागि ‘अन्डर पेन्ट’ लगाउनुपर्ने बताइएपनि असाईले त्यो नमानेको जनाइएको छ ।
भारतका चर्चिच फिजियोथेरापिस्ट मानिन्छन् । उनले भारतक थुप्रै र्चिर्चत क्रिकेटरसँग काम पनि गरि सकेको जनाईएको छ ।

स्रोत  : अन्नपुर्णपोस्ट

Related posts