दिननाथ बराल
पोखरा , २०७२ असार ३०,
पोखरा रानीपौवामा रहेको जोजिजू म्युजिक सेन्टर एण्ड म्युजिक स्कुल र पोखराको भकुण्डे पामेमा रहेको हिमाली वालकल्याण संरक्षण मञ्चको संयुक्त आयोजनामा बुधबार म्यूजिकल जर्नी २०७२ सम्पन्न भएको छ ।
कार्यक्रममा मञ्चमा रहेका अनाथ तथा असाय वालवालीकाहरुले आर्ट, म्युजिक, गायन, डान्स, उद्घोषण कला प्रस्तुतः गरेका थिए । साथै उनीहरुलाई म्यूजिक स्कुलले २० दिने भ्याकेसन प्याकेज क्लास मार्फत उनीहरुको प्रतिभा प्रस्फुटन गर्न विभिन्न प्रशिक्षण गराएको थियो । साथै कार्यक्रममा सपना शाहि, अल्का आलेमगर, सुनिल नेपाली, असित मिश्र, प्रदिप शर्मा, लक्ष्मी पुन, पवित्रा विके, सम्झना लामा, बन्दना गुरुङ, विनिता अधिकारी, अरुण गुरुङले गीत प्रस्तुतः गरेका थिए । कार्यक्रममा बिषेश प्रस्तुतीमा म्यूजिक स्कुलका निर्देशक गायन प्रशिक्षक विनित जोजिजू, डान्स प्रशिक्षक राजु गुरुङ, ड्रम प्रशिक्षक कुसल गुरुङ, गितार प्रशिक्षक रोहित रन्जित लगायतले गीतसंगीत प्रस्तुतः गरेका थिए । प्रशिक्षार्थीहरुले कोरेका चित्रहरु समेत प्रर्दशनी गरीएको थियो । निसान पालिखेले आर्ट प्रशिक्षक गराएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि मञ्चका अध्यक्ष राजकुमार श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्दै सहभागिहरुलाई प्रमाण पत्र समेत वितरण गरेका थिए । कार्यक्रममा बोल्दै उनले वालवालीकाहरुको प्रतिभा प्रस्फुटन गर्न सेन्टरले खेलेको भुमिकाको प्रंशम्सा गरे । मञ्चका शाखा संयोजक टंक गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मञ्चका प्रिन्सिपल कमल जिसी, संचारकर्मी गौरव त्रिपाठी, प्रशिक्षक तथा म्यूजिक स्कुलका व्याबस्थापक सानु जोजिजू, प्रशिक्षार्थी सिता खनाल लगायतले कलाको बारेमा चर्चा गरे । उक्त मञ्चमा करीब ८० जना अनाथ तथा असाय वालवालीकाहरु रहेका छन । जसमध्य ३० जनालाई म्यूजिक प्रशिक्षण गराइएको हो ।