ताजा खबर

कास्की जिल्ला साक्षरको घोषणा

दिननाथ बराल,
पोखरा, २०७२  असार ३०,

कास्की साक्षर जिल्ला घोषणा भएको छ । पोखरा सभागृहमा बुधबार आयोजित एक समारोहका विच शिक्षा मन्त्री चित्रलेखा यादवले कास्की जिल्लालाई साक्षर जिल्ला घोषणा गरेकी हुन । कास्कीलाई पुर्ण साक्षर जिल्ला बनाउने प्रतिवद्धता सहित मन्त्री यादव लगायत कार्यक्रम उपस्थिति अतिथिहरुले हस्ताक्षर समेत गरेका हुन ।

कास्कीको साक्षर प्रतिशत ९६ दशमलव ३ प्रतिशत रहेको छ । जिल्लामा बस्ने १५ देखि ६० वर्ष उमेर समुहको जनसंख्या मध्ये ९५ प्रतिशत साक्षर भएपछि जिल्ला साक्षर भएको घोषणा गरिएको हो । कास्कीका जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यका अनुसार कास्कीमा महिलाको साक्षर प्रतिशत ९६ दशमलव ५ र पुरुषको ९५ दशमलव ९ प्रतिशत रहेको छ ।

नेपाल सरकारले सन २०१५ सम्ममा सबैका लागि शिक्षाको पहँुच पू¥याउन लक्ष्य अनुरुप राष्ट्रिय साक्षर अभियान अन्र्तगत कास्कीका पनि आर्थिक वर्ष २०६५÷०६६ देखि साक्षर अभियान सुरु गरी साक्षर प्रतिशतलाई ९५ प्रतिशत भन्दा बढि पु¥याएर साक्षर जिल्ला घोषणा गरिएको हो । कास्की १४ औं साक्षर जिल्ला घोषणा भएको हो ।
राष्ट्रिय जनगणना २०६८ अनुसार कास्कीको कुल जनसंख्याको ३३ हजार ६ सय ७५ निरक्षर रहेकोमा साक्षकर कार्यक्रम संचालन गरी ३१ हजार ८ सय ८७ जनालाई साक्षर बनाइएको आचार्यले दिए । कास्कीमा अझै ३ दशमलव ७ प्रतिशत जनता निरक्षर छन् । आचार्यका अनुसार आर्थिक वर्ष २०६९÷०७० मा साक्षर कास्की अभियानको अवधारणपत्र तयारी गरी जिल्ला अनौपचारिक शिक्षा समितिसँग स्वीकृत लिएर साक्षर कार्यक्रम संचालन गरिएको थियो । साक्षर कार्र्यक्रममा सामुदायिक अध्ययन केन्द्र, गाविस, नगरपालिका, गैरसरकारी संघ संस्थाहरु, शिक्षक, विद्यार्थी लगायतसँग सहकार्य गरेर कार्यक्रम संचालन गरी कास्कीलाई सक्षार जिल्ला बनाउन सकेको उहाँले दावी गरे ।

कार्यक्रममा कास्कीमा साक्षर अभियानलाई सफल बनाउन महत्वपूर्ण योगदा पु¥याएको भन्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेल , पत्रकार दीपेन्द्र श्रेष्ठ, नविन सिग्देल, र बानका सचिव दुर्गा अधिकारीलाई सम्मान गरिएको छ । उहाँहरुलाई शिक्षा मन्त्री चित्रलेखा यादवले सम्मान गरेकी हुन ।

यसअघि पोखराको चिप्लेढुङ्गाबाट पञ्चै बाजासहित सुरु भएको ¥यालि न्यूरोडहुँदै पोखरा सभागृहमा पुगेर घोषणा सभामा परिणत भएको थियो । ¥यालिमा विद्यार्थी, आमा समुह, विभिन्न संघ संस्थाको सहभागिता रहेको थियो । घोषणा सभामा विभिन्न विद्यालका विद्यार्थीहरुले सांगीतक प्रस्तुती राखेका थिए भने चिसाखोला वेद विद्या आश्रमका बटुकहरुले स्वस्ती वाचन गरेका थिए । कार्यक्रम अनौपचारिक शिक्षा समिति कास्कीका अध्यक्ष एवम स्थानीय बिकास अधिकारी तारानाथ अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Related posts