मनाङ मस्र्याङदीलाई अन्तरक्लव गणेशमान सिंह स्मृती कप तारा प्रतियोगिताको उपाधि

दिननाथ बराल
पोखरा , २०७२ असार ३०

काठमाण्डौको मनाङ मस्र्याङदी क्लवले अन्तरक्लव गणेशमान सिंह स्मृती कप तारा प्रतियोगिताको उपाधि जितेको छ । गणेशमान सिंह फाउण्डेसनको आयोजनामा पोखरामा बुधबार सम्पन्न भएको अन्तरक्लव गणेशमान सिंह स्मृती कप तारा प्रतियोगितामा ११ टिमलाई पछि पार्दै ५९ अंकका साथ उपाधि जितेको हो । मनाङले उपाधि सहित २० हजार हात पार्न सफल भएको हो ।

पोखराको अम्मरदिप क्लव ५८ अंकका साथ दोश्रो भयो भने ५५ अंक जोडेको नेपाल मगर संघ ए तेश्रो भयो । दोश्रो भएकोले नगद १५ हजार र तेश्रो भएकोले १० हजारको साथमा ट्रफि मेडल प्रमाण–पत्र प्राप्त गरे । प्रतियोगितामा पोखरा, म्याग्दी, मुस्ताङ, काठमाण्डौ लगायतका खेलाडीहरु सहभागि भएको परम्परागत आर्चरी संघका केन्द्रीय संयोजक बसन्त थकालीले बताए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी नेपाल छन्त्याल संघका हलमान छन्त्याल घोषित भएभने हाई स्कोररको उपाधि अम्मरदिपका जिम्मा गुरुङले जितेका छन उनीहरुले जनहि नगद दुई हजार साथमा ट्रफि प्राप्त गरे । प्रतियोगितामा जेष्ठ खेलाडीलाई सम्मान समेत गरीएको छ । ७७ बर्षका मार्फा थकाली सेवा समितिका डि गुरुङलाई जेष्ठ खेलाडीबाट सम्मान गरीएको हो ।

फाउण्डेसनका महासचिव धनेन्द्रपुरुष ढकाल, पुर्व सभासद कृष्ण कुमारी परियार, नेपाल आर्चरी संघका अध्यक्ष हरीध्वज तुलाचन र परम्परागत आर्चरी संघका केन्द्रीय संयोजक बसन्त थकालीले विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका हुन । नेपाल आर्चरी संघका अध्यक्ष हरीध्वज तुलाचनले यस्ता प्रतियोगिता निरन्तर हुन सके परम्परागत तारा खेलको विकास हुने बताए ।

Related posts