दिननाथ बराल
पोखरा , २०७२ असार ३०,
पोखराको मुक्तिनाथ विकास बैंक लिमिटेड राष्ट्रीय स्तरको विकास बैंकमा स्तरउन्नती भएको छ । मुक्तिनाथ विकास बैंकले धादिङ्ग जिल्लामा केन्द्रीय कार्यालय रहेको सिभिक डेभलपमेन्ट बैंक लिमिटेड लाई प्राप्ती ९ब्अत्रगष्कष्तष्यल० गरे पश्चात असार ३० गतेदेखि नै मुक्तिनाथ विकास बैंक लिमिटेडको नामवाट एक राष्ट्रीय स्तरको विकास बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको हो ।
“जनता बैंकमा होईन बैंक जनतामा जानुपर्छ” भन्ने मान्यताका साथ २०६३ साल पौष १९ गते देखि कारोवार सञ्चालन गरेको उक्त बैंकले असार ३० गते देखि नै कारोवार शुरु गरेको छ । उक्त बैंक प्राप्ति पछि बैंकको प्राथमिक पूंजी ९७ करोड र चुक्ता पूंजी ६४ करोड २५ हजार रहेको छ प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बताए । उनका अनुसार कुल निक्षेप ७ अर्ब ६५ करोड तथा कुल कर्जा लगानी ६ अर्ब ६५ करोड र १ लाख ४७ हजार ग्राहकहरुलाई बैंकका बैंकिङ्ग तथा सिमित बैंकिङ्ग गरि कूल ४८ वटा शाखा कार्यालयहरु मार्फत बैंकिङ्ग सुविधा प्रदान गर्ने भएको छ ।