ताजा खबर

कवाडी संकलन कर्तालाई अनिवार्य रुपमा पोषाक सहित परिचय पत्र

दिननाथ बराल
पोखरा, २०७२  असार ३०,

कास्कीका कवाडी संकलन कर्ताहरुले आगामी साउन एक गते देखि लागु हुने गरी अनिवार्य रुपमा पोसाक तथा आफ्नो परिचय खुल्ने परिचय पत्र लगायर मात्र कवाडी सामानहरु संकलन गर्न पाउने भएका छन । पोखरा सहित कास्कीको फोहोरलाई व्यावस्थीत रुपमा व्याबस्थापन गर्न फोहोरलाई मोहरमा पपिरणत गर्न पनि आफुहरुले यस्तो अभियान सुरु गर्न लागिएको कवाडी व्यावसायी संघ कास्कीका अध्यक्ष केशवराज अधिकारीले बताए ।

कवाडी सामानहरु संकलनको क्रममा कहिले काहि सुरक्षा निकायबाट समेत हैरानी खेप्नु परेकोले आफ्ना कवाडी संकलकहरुलाई अनुशासित र पेशा प्रति मर्यादित पार्न यस्ता अभियान सुरु गरेको अध्यक्ष अधिकारीले बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन । उनले भने “यदी हाम्रो लोगो अंकित पोशाक तथा परिचय पत्र वोकेका कुनै कवाडी संकलकले कुनै चोरी डकैती तथा अपराधिक घटनामा संकलग्न भएभने हामी उनलाई कार्रवाहीको दायरामा ल्याउन तयार छौं, तर कवाडी संकलनको नाममा पोशाक तथा परिचय पत्र विना संकलन गरेका कवाडीसंकलकहरुले गरेको कुनै पनि कृयाकलाको संघले कुनै जिम्मेवार लिदैनौं ।”

कास्कीका कवाडी संकलनकर्ता एक हजार २ सयको हाराहारीमा रहेका छन भने उनीहरुलाई बुधबार नै पोषाक सहित परिचय पत्र वितरण गरिएको छ । सुन्दर शान्त हराभरा स्वच्छ राखौं हाम्रो पोखरा भन्ने नारा सहितको टिसट वितरण गरीएको हो । छुटफुट घटनामा सामान चोर्ने अरु भएपनि कवाडी संकलकलाई आरोप लगाउदै आएको तथा प्रहरीले पनि दुव्र्यवहार गर्ने गरेकोले कास्की प्रहरीसंग समन्वय गरी यस्तो अभियान सुरु गरीएको अध्यक्ष अधिकारीले बताए ।

कार्यक्रममा बोल्दै कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक हरिबहादुर पालले पोषाक र परिचयपत्र लागु भएपछि विगतमा कवाडी संकलनकर्ता माथी लाग्ने आरोप यसले धेरै हदसम्म अन्त्य गरेको बताए । उनले भने “अबदेखि कवाडी सामान किन्दा जानेर, बुझेर र चिनेर मात्र किन्नुस, पैसाको लोभमा परेर चोरीका सामान नकिन्नुस्, सामान दिनेले पनि सम्बन्धित व्यक्तिहरुलाई मात्र समान दिनुहोस यो पेशा पनि मर्यादित हुन्छ ।”

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक कृष्णबहादुर पल्ली मगरले चोरीका सामान कसैले विक्र गर्न खोजेको खण्डमा १०० मा तत्काल फोन गरी जानकारी गराए आफुहरुले उनीहरुलाई पक्राउ गर्ने बताए । उनले भने “यदि कसैले दुई पैसाको लोभमा चोरीका सामान लिन्छन भने उनीहरुलाई पनि हामी बाध्य भएर कार्रवाही गर्दछौं ।” उनले लागु औषध प्रयोग भएका सामानहरु किन्दा पनि ध्यान दिन आग्रह गरे । पोखरा सहित कास्की क्षेत्रमा कवाडी संकलन केन्द्र ७५ वटा रहेका छन । दैनिक जसो पोखरा क्षेत्रबाट संकलन भएको कवाडी सामान १०÷१२ वटा गाडी भारत तर्फ जाने गरेको संघले जनाएको छ । कास्की लेखनाथ नगरपालीका क्षेत्रको वडा नम्बर १४ र १५ मा रहेको थुम्को, ढकाल डाँडा, बडारे, फेदीमा गरी भूकम्पबाट घर भत्केर छाप्रोमा बसेका त कोहि त्रिपालमा बसेका ४० घर परिवारलाई १६ लाख मूलय बराबरको राहत रुवरुप टिनको घर निमार्ण गरेर उनीहरुलाई हस्तान्तरण समेत गरीएको संघका अध्यक्ष अधिकारीले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका सदस्य रुद्र भट्टले यस्तो अभियानलाई निरन्तरता दिदै अन्य जिल्ला तथा शहरमा समेत लागु गर्न माग गरे ।

Related posts