एजेन्सी, २०७२ असार २९,
तमिल फिल्म बहुबलीले व्यवसायको रेकर्ड राखेको छ । शुक्रबार रिलिज भएको बहुबलीले आइतबार साँझसम्म, तीन दिनमा एक अर्ब ६० करोडभन्दा बढीको व्यापार गरेको छ । साढे दुई सय करोड लगानीमा बनेको बहुबली भारतको अहिलेसम्मकै महँगो बजेटको फिल्म हो । फिल्म हिन्दी, तमिल, कन्नड, तेलेगु, मलायमलगायत आधा दर्जन भाषामा प्रदर्शन गरिएको छ । नेपालमा पनि बहुबलीले राम्रो व्यापार गरिरहेको छ । एसएस राजामौलीको निर्देशनमा बनेको फिल्मको निर्माता सोबु यारलगाडडा र प्रसाद देबिनेनी हुन् । १५९ मिनेट लामो फिल्ममा प्रभास, राना दग्गुबती, तमन्नाह, अनुष्का सेठ्ठी, प्रभाकर, नासिरलगायतले अभिनय गरेका छन् । बहुबलीको व्यापार अझ आक्रामक हुँदै गइरहेको भारतीय अनलाइन पोर्टलले उल्लेख गरेका छन् ।
स्रोत : नया पत्रिका