तुफानले ६ हजार करोड नोक्सान 

बेइजिङ, २०७२  असार २९,

चीनमा ६६ वर्षपछि आएको शक्तिशाली तुफानका कारण ६ हजार करोड युआन नोक्सान भएको छ । तुफानका कारण झेजियाङ प्रान्त धेरै प्रभावित बनेको छ । चीनको मौसम विभागले साङडोन, लियाओनिङ, लिजित र होलिजजियाङ क्षेत्रका बासिन्दालाई आपत्कालीन अवस्थामा रहन आग्रह गरेको छ । तुफान एक सय ६० प्रतिघन्टाको स्पिडमा आएको मौसम विभागले जनाएको छ । संघाईमा दक्षिणी समुद्री तटबाट सुरु भएको तुफानले रेल र बस सेवा बन्द भएका छन् । तुफानका कारण जेझियाङ प्रान्तका तीन लाख बासिन्दा बिजुलीविहीन भएका छन् । संघाईमा सोमबारसम्म पनि अन्तर्राष्ट्रिय विमान सुचारु भएको छैन । यता तुफानले जापान र ताइवानमा पनि प्रभावित पार्न सक्ने जनाइएको छ ।

स्रोत  : नया पत्रिका

Related posts