ताजा खबर

जयवद्र्धनेलाई इंग्ल्यान्डको प्रस्ताव

कोलम्बो, २०७२ असार २९,

इंग्लिस क्रिकेट बोर्डले श्रीलंकाली लिजेन्ड महेला जयवद्र्धनेलाई विशेषज्ञ ब्याट्म्यानको भूमिकाका लागि प्रस्ताव गरेको छ । इंग्लिस राष्ट्रिय टोलीलाई विशेषज्ञ ब्याट्सम्यानका रूपमा सहयोग गर्न जयवद्र्धनेलाई प्रस्ताव गरिएको सहायक प्रशिक्षक पाउल फाब्रासले जानकारी दिएका छन् । सन् २०१४ मा श्रीलंकाले टी–२० विश्वकप उपाधि उचाल्दा पाउल प्रमुख प्रशिक्षक थिए । त्यसवेला जयवद्र्धनले विश्व च्याम्पियन हुँदै टी–२० संस्करणबाट सन्न्यास लिएका थिए । अर्को वर्ष भारतमा टी–२० विश्वकप हुँदै छ । विश्वकपअघि इंग्लिस टोलीको ब्याटिङ बलियो बनाउन जयवद्र्धनेलाई प्रस्ताव राखिएको इंग्लिस टोलीका सहायक प्रशिक्षक पाउलले जनाएका छन् ।

जयवद्र्धनेलाई जिम्मेवारी दिन इंग्लिस टोलीका निर्देशक एन्ड्रयु स्टाउस पनि जारी भएका छन् । भारतको पिचसँग जयवद्र्धने परिचित छन् । यसको फाइदा लिन इंग्लिस टोलीले उनलाई अनुबन्ध गर्न चाहेको पाउलले स्पष्ट पारेका छन् । ‘भारतको पिचबारे जयवद्र्धने राम्रो जानकार छन्, सक्रिय जीवनमा उनले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरे,’ पाउलले भने, ‘इंग्लिस टोली उनको अनुभवको फाइदा लिन चाहन्छ ।’ आउँदो १८ महिनाभित्र इंग्ल्यान्डले पाकिस्तान, युएई, भारत र बंगलादेश भ्रमण गर्नेछ । ‘एसियन कन्डिसनमा जयवद्र्धनेबाहेक अरू विकल्प छैन,’ पाउलले भने । सन् २०१० मा इंग्ल्यान्डले टी–२० विश्वकप जितेको थियो । पाउल कलिङउडकै कप्तानीमा इंग्ल्यान्डले पहिलोपटक आइसिसीको ठूलो उपाधि उचालेको थियो । बोर्डले कलिङउडलाई पनि विशेष भूमिका दिन तयारी गरेको छ । अर्को महिना ब्याटिङ प्रशिक्षक मार्क रामप्रकाशसँगको सम्झौता सकिँदै छ । कलिङउडलाई रामप्रकाशको स्थान दिने तयारी गरेको बिबिसीले जनाएको छ ।

स्रोत  : नया पत्रिका

Related posts