ताजा खबर

आज बजेट आउँदै

काठमाडौं,  २०७२ असार २९,

आगामी आर्थिक वर्ष ०७२/७३ को बजेट मंगलबार सार्वजनिक हुँदै छ । प्रधानमन्त्री सुशील कोइरालाले बजेटको नीति तथा प्राथमिकताबारे सोमबार राष्ट्रपति डा. रामवरण यादवलाई जानकारी गराएका छन् । ‘बजेटको नीति र प्राथमिकताबारे प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउनुभयो,’ राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने । प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. रामशरण महतसमेत शीतलनिवास पुगेका थिए । सरकारले यसपटकको बजेटमा १२ वैशाखको भूकम्पपछिको पुनर्निर्माणलाई मुख्य प्राथमिकतामा राखेको छ ।

स्रोत : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *