ताजा खबर

आइपिएल म्याच फिक्सिङ प्रकरणः चेन्नाइ सुपरकिङ र राजस्थान रोयल्स दुई वर्ष प्रतिबन्धित

नयाँ दिल्ली, २०७२ असार २९,

आइपिएल म्याच फिक्सिङ प्रकरणमा चेन्नाइ सुपर किङ र राजस्थान रोयल्सलाई दोषी ठहर गर्दै दुई प्रतिबन्धको सजाय सुनाइएको छ। सर्वोच्च अदालतद्वारा गठित न्यायिक समितिले मंगलबार यस्तो सजाय सुनाएको हो।

चेन्नाइ सुपरिकङ्ग्सका मालिक गुरुनाथ मयप्पम क्रिकेटमा गतिविधिमा सहभागी हुन आजीवन प्रतिबन्ध लगाइएको छ। न्याय समितिले भनेको छ, ‘गुरुनाथ मयप्पम फिक्सिङमा लिप्त पाइएका छन्। उनका हरकतले बीसीसीआइ, आइपिएल तथा क्रिकेटको छवि धुमिल भएको छ।’

सिल्पा सेट्टी पति एवं राजस्थान रोयल्सका मालिक राज कुन्द्रविरुद्ध पनि क्रिकेट गतिविधिमा आजीवन प्रतिबन्ध लगाइएको छ। सजाय सुनाउन गठित न्यायिक समितिका न्यायाधीश लोढाले भने, ‘गुरुनाथ मयप्पम तथा राज कुन्द्रा क्रिकेटमा बाजी लगाउनेमा लिप्त पाइए। यो प्रमाणित भएको छ कि मयप्पमले ६० लाख रुपैयाँ घाटा समेत व्यहोरेका छन्।’

‘फैसलमा भनिएको छ जो व्यक्तिको मनमा क्रिकेटप्रति सम्मान हुन्छ उ यस्ता गतिविधिमा संलग्न हुन सक्दैन’, फैसलामा भनिएको छ।

समितिले इन्डिया सिमेट्स फ्रेन्चाइजीमाथि पनि दुई वर्षको प्रतिबन्ध लगाएको छ। इन्डिया सिमेट्स आइपिएल टिम चेन्नाइ सुपर किङ्ग्सका मालिक हो। ‘इन्डिया सिमेट्सले मयप्पमका गतिविधि रोक्न कुनै कदम उठाएन’, न्यायाधीश लोढाले भनेका छन्।

आइपिएलको ८ औं संस्करणमा भएको म्याच फिक्सिङ मामलमा सजाय दिन सर्वोच्चले यही वर्षको जनवरीमा पूर्व न्यायाधीश सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेको थियो।

स्रोत : नया पत्रिका

Related posts