ताजा खबर

गरिमा र निलगिरि विकास बैंक गाभिए

दिननाथ बराल,

पोखरा , २०७२  असार २९,

पोखराको गरिमा विकास बैंक र म्याग्दी, बेनी न्युरोडमा प्रधान कार्यालय रहेको निलगिरि विकास बैंक एकआपसमा गाभिएका छन । दुई विकास बैंक एक आपसमा गाभिएसंगै राष्ट्रिय स्तरको बैंक भई मंगलारदेखि नै गरिमा विकास बैंकको नामबाट कारोवार समेत सुरु भएको बैकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द प्रसाद ढकालले बताए । पोखरा महेन्द्रपुलमा प्रधान कार्यालय रहेको उक्त बैंक नेपाल राष्ट्र बैंकबाट ख बर्गको ईजाजतपत्र प्राप्त गरेको छ ।

गाभिएपछिको विकास बैंकको चुक्ता पुँजी ७१ करोड १० लाख पुग्ने भएको ढकालले बताए । गाभिएर बन्ने विकास बैंकका एउटा एक्स्टेन्सन काउण्टर समेत २५ वटा शाखा कार्यालय हुनेछन भने निक्षेप संकलन करीब ६ अर्व २० करोड र लगानी रहेको कर्जा करीब ५ अर्व ५० करोड रहेको प्रमुख कार्यकारी अधिकृत ढकालले बताए । गाभिए पछि उक्त बैंकको हाल ग्राहक सङख्या एक लाख २० हजार पुगेको बैंकले जनाएको छ । संस्थापक शेयरधनीको संख्या ८५ रहेको छ ।

दुई विकास बैंक गाभिए पछि बैंकले शेयरधनि, सेवाग्राही, कर्मचारी लगायतका सम्पुर्ण सरोकारवालाहरुको सन्तुष्टीमा गुणात्मक बृद्धि हुन गई समाजमा बैंकीङ क्षेत्रप्रतिको जनविश्वास अझ दरीलो बन्दै जाने विश्वास लिएको बैंकका अध्यक्ष दिलिपप्रताप खाडले बताए । दुई विकास बैंकको सांस्कृतिक पक्ष समेत मिल्दो जुल्दो भएको उनले बताए । यस अघि खाड गरीमा बैंककै अध्यक्ष पदमा रहेको थिए । यस अघि गरिमा विकास बैंक लिमिटेड, १० जिल्ला कार्यक्षेत्र रहेको क्षेत्रिय स्तरको विकास बैंक थियो भने निलगिरि विकास बैंक ३ जिल्ला कार्यक्षेत्र रहेको थियो ।

यसैबिच, नेपाल राष्ट्र बैंक पोखराका निर्देशक निलम तिमिल्सनाले उक्त बैंकको औपचारीक रुपमा गाभिएर गरीमा बैंक बाट संचालन भएको एकिकृत कारोवारको उद्घाटन गरेकी छन । कार्यक्रममा बोल्दै उनले धेरै विक्तिय संंस्थाहरु हुनाले अवसर र चुनौती उतिकै भएकोले राष्ट्र बैंकले विक्तिय संस्थालाई बलियो तथा दिगो बनाउन बाध्यकारी तथा स्वस्फुर्त रुपमा गाभ्ने तथा गाभिने मर्जर निति लयाएको बताईन । उनले भनीन “समग्रमा हामीले अध्ययन गरे अनुसार मर्जर पश्चात धेरै विक्तिय संस्थाहरुमा सकरात्मक सुधार आएको छ, शेयर बजार बढेको छ, निक्षेपकर्ताको हित संरक्षण भएको छ । ” कायक्रममा बैंकका संचालक तथा साविक निलगिरी विकास बैंकका अध्यक्ष हरिकुमार श्रेष्ठ, संचालक भन्द्रकान्त बराल लगायतले दुई बैंक मर्जर पछि अझै बढी चुनौती थपिएको बताउदै त्यसको सामना गर्न आफुहरु तयार रहेको समेत बताए ।

Related posts